npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

पूर्व माओवादी नेता थापालाई एमालेमा दोस्रो वरियता

Tourism Face 2 days ago

टुरिजमफेस
काठमाडौं । पूर्व माओवादी नेता रामबहादुर थापालाई नेकपा एमाले फलिफाप हुँदै गएको छ । एमालेको एघारौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित थापालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीपछिको वरियता दिइएको छ ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले पाँच जना उपाध्यक्षमध्ये थापालाई एमालेमा दोस्रो वरियता दिएको हो । थापापछि विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तलाई वरियता दिइएको छ ।

यसअघिसम्म थापालाई पाँचौँ वरियतामा राखिएको थियो । यसअघिका दोस्रो वरियतामा रहेका ईश्वर पोखेरल, तेस्रोका उपाध्यक्ष युवराज ज्ञवाली र चौथोमा रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अहिले पार्टीको वरियतामा परेनन् । यसअघिका वरिष्ठ उपाध्यक्ष पोखरेल यसपटक ओलीसँग प्रतिस्पर्धा गर्दा पराजित भए भने ज्ञवाली र शाक्यले कुनै पनि पदमा प्रतिस्पर्धा गरेनन् । अहिले वरिष्ठ उपाध्यक्ष पद राखिएको छैन ।

 

The post पूर्व माओवादी नेता थापालाई एमालेमा दोस्रो वरियता first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category