News of Nepal
नेपालमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
न्युज अफ नेपाल
|
3 hours ago
काठमाडौँ।
हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ।
उक्त प्रदेशहरूका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा यस्तै मौसम रहने अनुमान गरिएको छ।
यसैबीच मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ। राति भने अधिकांश स्थानमा आंशिक बदली रहने र केही हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।