npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

एउटा जेनजी समूहको नेतृत्व गरेका मिराज ढुंगानाले सर्वपक्षीय सरकार गठनको माग गर्दै गरे आन्दोलनको घोषणा

Tourism Face 11 hours ago

टुरिजमफेस
काठमाडौं । एउटा जेनजी समूहको नेतृत्व गरेका मिराज ढुंगानाले सर्वदलीय सरकारको माग गरेका छन् । सर्वदलीय सरकार गठन नभए आन्दोलन गर्ने चेतावनीसमेत उनले दिएका छन् । पत्रकार सम्मेलन गर्दै उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले युवा आन्दोलनको भावनालाई धोका दिएको दावी गरेका छन् ।

ढुंगाना समूहले तत्काल कार्यान्वयनका लागि सरकारलाई विभिन्न १० बुँदे माग समेत राखेको छ । उनका अनुसार नयाँ आन्दोलन पुस ७ गतेदेखि सुरु हुँदैछ । उनले वर्तमान सरकार बनेको एक सय दिन पूरा हुँदा पनि युवाको मर्म र भावना देखिने गरी कुनै पनि काम नभएको दावी गरे । उनले अघि सारेका मागहरूमा संवैधानिक सुधार र संविधान पुनर्लेखन, न्यायिक सुधार, आन्दोलनकारीको रिहाइ र न्याय, विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नीतिको कार्यान्वयन, मिटरब्याज, सहकारी, लघुवित्त र उखु किसानका समस्या समाधान गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था  गरिनुपर्ने लगायत छन् ।

The post एउटा जेनजी समूहको नेतृत्व गरेका मिराज ढुंगानाले सर्वपक्षीय सरकार गठनको माग गर्दै गरे आन्दोलनको घोषणा first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category