npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

Tourism Face 1 day ago

hiu Chituwa

टुरिजमफेस
मुस्ताङ । हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन मुस्ताङमा पहिलोपटक विस्तृत सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले यहाँका चार स्थानीय तहमा शनिबारदेखि क्यामेरा ट्रयापिङमार्फत हिउँ चितुवाको सर्वेक्षण सुरु गरेको हो ।

हिउँ चितुवाको सम्भावित बासस्थान र क्षेत्र पत्ता लगाएर एक्याप तथा अन्य सरोकारवाला सङ्घसंस्थाले क्यामेरा ट्रयापिङ गर्दै आइएको थियो । यसबाट हिउँ चितुवाबारे जानकारी प्राप्त हुने भए पनि यकिन सङ्ख्या पत्ता लगाउन पर्याप्त थिएन ।

एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले सर्भेका लागि तल्लो मुस्ताङ र माथिल्लो मुस्ताङ गरी पाँच÷पाँच किलोमिटरको दूरीमा १६१ वटा क्यामेरा ट्रयापिङ ग्रीडको मापदण्ड निर्धारण गरिएको छ ।

हिउँदयामको मौसममा उच्च लेकमा हिउँ बढी हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाति तलतल झर्ने भएकाले हिउँ चितुवा पनि केही तल झर्ने गर्छन् ।

त्यसैगरी, केही दिनअघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका आधा दर्जन बढी स्थानमा बायोकोस नेपाल र एक्यापले हिउँ चितुवाको अध्ययनका लागि १६ वटा क्यामेरा राखेको थियो ।

कार्यालय प्रमुख पौडेलले माथिल्लो मुस्ताङमा राखिने ९९ वटा क्यामेरा र तल्लो मुस्ताङमा राखिसकिएका १६ वटा क्यामेरा गरी एक सय ११ वटा क्यामेरा एकैसाथ प्रयोग गर्नेगरी सर्भे सुरु गरिएको बताए ।

The post मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category