npl.977 Nepal News Stream

Sutra News logo Sutra News

काठमाडौं–२ बाट राप्रपाका सुजित केसी सिफारिस

सुत्र न्युज 23 hours ago

काठमाडौं । राप्रपाले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सुजित केसीको नाम सिफारिस गरेको छ ।

उनी राप्रपाको युवा संगठनका अध्यक्षसमेत रहेका केसीको नाम सिफारिसमा परेका हुन् । राप्रपाको क्षेत्रीय कार्य समितिले काठमाडौं–२ बाट प्रत्यक्षतर्फका लागि उनको नाम सिफारिस गरेको हो ।

हिल्टन होटेलबारे सामाजिक सञ्जालमा लेखेकै कारण प्रहरी हिरासतमा परेका उनी सर्वोच्च अदालतको आदेशबाट रिहा भएका थिए ।

केसीसँगै कुन्ती पोखरेल, शशी सिल्वाल, नवराज सिम्खडा, दिपक केसी र मणि सिम्खडाको पनि नाम सिफारिस भएको छ ।

यसअघि २०७९ सालको निर्वाचनमा राप्रपाकी सोविता गौतमसँग कुन्ती पोखरेल पराजित भएकी थिइन् ।

Read more news from Sutra News

Explore by Source or Category