npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

अब टी-२० र एकदिवसीयमा फरक कप्तान, दीर्घकालीन उद्देश्यसहित नयाँ निर्णय गरेको क्यानको भनाइ

देश सञ्चार 12 hours ago

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टीममा अब टी-२० र एकदिवसीय खेलमा फरक-फरक कप्तान हुने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० क्रिकेटको कप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिएसँगै अब रोहित पौडेलले एकदिवसीय टीमको मात्र कप्तानी गर्ने छन्।

नेपाली क्रिकेट टोलीले आगामी सोमबार र मंगलबार युएईसँग घरेलु मैदानमा दुई खेलको टी-२०आई शृंखला खेल्दै छ। अब उक्त खेलको कप्तानी दीपेन्द्रले गर्ने छन्। यो खेल घरेलु मैदानअन्तर्गत फ्लड लाइटमा हुने पहिलो अन्तर्राष्ट्रिय शृंखला हो।

टी-२० विश्वकपसम्म नेपाली टोलीको कप्तानी गरेका रोहित पौडेल यी दुई खेलका लागि १५ सदस्यीय टोलीमै परेका छैनन्। रोहित ओडिआई टोलीको कप्तान भने कायमै रहेका छन्। दीर्घकालीन योजनाअनुसार पहिलो पटक नयाँ प्रयोग गरेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताए।

उनले भने, ‘हामीसँग धेरै प्रतिभाहरू छन्। त्यसैले अहिले क्यानले दीर्घकालीन लक्ष्यसहित टी-२० र एकदिवसीयका लागि फरक-फरक कप्तान बनाउने निर्णय गरेका हौँ।’ उनले टी-२० टोलीमा नपरेको कुरामा सेलेक्सन कमिटीकै निर्णय महत्वपूर्ण हो।

आज घोषित टोलीमा नियमित कप्तान रोहित पौडेलसहित अनुभवी सिनियर खेलाडी सोमपाल कामी र करण केसीलाई टी-२०आई टोलीबाट बाहिर राखिएको छ। तर, टी-२० आई टोली पहिलेझैं अलराउन्डरले भरिएको छ। १५ सदस्यीय टोलीमा दुई विकेटकिपर ब्याटरसहित ८ जना अलराउन्डर छन् भने ४ जना बलर रहेका छन्।

नेपालको टी-२०आई टोली:
दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल

Read more news from देशसञ्चार

Explore by Source or Category