npl.977 Nepal News Stream

Sutra News logo Sutra News

प्रजातन्त्र सेनानी गुरुङको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

सुत्र न्युज 10 hours ago
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी टेकबहादुर गुरुङको निधन भएको छ । प्रजातन्त्र सेनानी एवम् समाजसेवी गुरुङको १०० वर्षको उमेरमा गएराति निधन भएको हो ।
यहाँ नेपाल भूतपूर्व सैनिक सङ्घका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ, नेपाल तरूण दलका पूर्वमहासचिव यमबहादुर गुरुङ, एनआरएनए युकेका सल्लाहकार एवम् लमजुङ समाज युकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, लमजुङ जिल्ला नेपाली कांग्रेस दूधपोखरी गाउँपालिकाका उपसभापति गमबहादुर गुरुङका पिता हुन् ।
प्रजातन्त्र सेनानी एवम् समाजसेवी टेकबहादुरको निधनप्रति कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार शोक विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गरेका छन् ।
स्वर्गीय गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनमा र पार्टी सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेकाे  कांग्रेसले जनाएको छ । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ ।
उनको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभापति थापाले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
Read more news from Sutra News

Explore by Source or Category