npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

कांग्रेस संसदीय दलको नेता चयनमा भएको ढिलाइप्रति सांसदहरूको असन्तुष्टि

देश सञ्चार 12 hours ago

काठमाडौँ – संसदीय दलको नेता चयन गर्न ढिलाइ भएको भन्दै नेपाली कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको सांसदहरूको बैठकमा बोल्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्। सांसद अर्जुननरसिंह केसीका अनुसार बैठकमा ३८ सांसदमध्ये २६ जना सांसदहरुले संसदीय दलको नेता चयन प्रक्रिया छिटो टुंग्याउनुपर्ने धारणा राखेका छन्।

उनले दलभित्र सहमतिका आधारमा दलको नेता चयन हुनुपर्नेमा जोड दिए। सबै सांसदले नेतृत्वमा दाबी गर्न सक्ने भए पनि सहमतिको बाटो रोज्दै निष्कर्षमा पुग्नुपर्ने उनको मत छ।

उनले संसदीय दलको नेता चयन प्रक्रिया चाँडो टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बताउँदै सम्भतः आगामी हप्ताभित्र नेता चयन भइसक्ने बताए।

सहमतिमार्फत दलको नेतामा सहमति नजुटे निर्वाचन प्रक्रियामार्फत अघि बढ्ने उनको भनाइ छ।

Read more news from देशसञ्चार

Explore by Source or Category