npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

ईतिहास रच्ने र विरासत जोगाउने बीच रुपन्देही २ मा कडा प्रतिस्पर्धा

न्युज अफ नेपाल 11 hours ago

बुटवल ।

यही फागुन २१ गते हुने निर्वाचनमा रुपन्देही २ मा ईतिहास रच्ने र विरासत जोगाउने बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यहाँबाट ४ पटक निर्वाचन जितेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नयाँ प्रतिस्पर्धीहरुको कडा सामना गर्नु पर्ने देखिन्छ । रुपन्देही २ बाट ३९ जनाचुनावी मैदानमा छन । पौडेललाई नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल शर्मा, नेपाली कम्युष्टि पार्टीबाट सुवास पाण्डे विश्वदिप , रास्वपाबाट शुलभ खरेल र नेपाल जनसेवा पार्टीका कमल भुसाल (निकोलस)ले ईतिहास रच्ने अठौटसंगै मैदानमा रहेका छन् ।

पौडेलका सबै प्रतिस्पर्धी निर्वाचन जितेर संसदीय राजनीतिमा डब्यु गर्ने योजनाका साथ अघि बढीरहेका छन् ।कांग्रेसवाट उम्म्ेदवार रहेका चुन्नु नेपालकै चर्चित चाउचाउ ’करेन्ट’का उत्पादक यशोधा फुड्स प्रा.ली. तथा बुटवलकै सुबिधा सम्पँन्न चर्चित अस्पताल बुटवल अस्पताल प्रा.लीका अध्यक्ष समेत हुन् ।चुन्नुले राजनीतिलाई समाज सेवाको रुपमा लिएको भन्दै आउनु भएको छ ।
नेपाली कम्युष्टि पार्टीका युवा नेता सुवास पाण्डे विश्वदिप भक्तिप्रसाद पाण्डेका छोरा हुन् । भक्तिप्रसाद पाण्डे २०६४ सालमा विष्णु पौडेलसँग निर्वाचन हारेका थिए । २२ वर्ष अघि बुबा पराजित गरेका पौडेललाई पराजित गर्ने गरी विश्वदिप चुनाबी मैदानमा आएका हुन् । विश्वदिप लामो समयसम्म डा. बाबुराम भट्टाराइको सचिवालयमा बसेर काम समेत गरेका व्यक्ति हुन् ।
यस्तै रास्वापाबाट उम्मेद्ववार बनेका शुलभ खरेल अधिवक्ता समेत हुन् । रास्वपाले पहिला आशिष सुवेदीलाई टिकट दिएको थियो ।

तर, उम्मेद्ववारी मनोनयन गर्ने अन्तिम समयमा मात्रै खरेलले टिकट पाएका थिए । बालेनको कोटाबाट टिकट पाएका सुवेदिको हङकङको पिआर कार्ड रहेको तथ्य खुले पछि खरेल रास्वपाको उम्मेद्ववार बनेका हुन् । रास्वपाका उम्मेद्ववार खरेल जेनजी ओन्दोलनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जलाउन भूमिका खेलेको आरोप समेत लाग्दै आएको छ । उनले सामाजिक संजालमा सर्वोच्च अदालत जलेकोमा खुशि व्यक्त समेत गरेका थिए । नेपाल जनसेवा पार्टीका कमल भुसाल (निकोलस) वि.स. २०७९ को निर्वाचनमा पनि यहाँबाट निर्वाचन लड्नका लागि उम्मेद्ववारी दर्ता गराएका थिए । तर, निर्वाचन आयोगले त्यो बेला उनको उम्मेद्वारी खारेज गरिदिएको थियो ।

वि.स. २०५६ सालको निर्वाचनमा भने पौडेल रुपन्देहीबाट निर्वाचन लडेका थिए । तर, त्यतिबेला उनी पराजित हुन् पुगे । त्यसपछिका निर्वाचन भने पौडेलले लगातार जित्दै आएका छन् । पौडेलले वि.स. २०६४ को पहिलो संविधानसभा,
वि.स. २०७० को दोस्रो संविधानसभाको निर्वाचन र वि.स. २०७४ र २०७९ को निर्वाचन जिते । तर, २०७९ को निर्वाचनमा विष्णु पौडेल २७ हजार १४७ मत ल्याए झिनो मतान्तरले चोथो पटक निर्वाचन जिते ।

रास्वपाका गणेश पौडेल २५ हजार ७८१ मत पाएर दोस्रो भएका थिए भने तत्कालीन सत्ता गठबन्धनको समर्थन रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले २२ हजार ८ मत प्राप्त ल्याएका थिए । तत्कालिन कांग्रेस माओवादीसहितको सत्ता गठबन्धनले एकीकृत समाजवादीका राजु गुरुङलाई उम्मेद्ववार गराएता पनि निर्वाचन आयोगले उनकोे उम्मेद्ववारी खारेज गरिदिए पछि सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको थियो । तर, लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ गएसँगै रुपन्देहीबासी पौडेलसँग निरन्तर आक्रोशित हुँदै आएका छन् ।

यहाँका नागरिकहरुको आक्रोश बुझेर नै यस पटक पाल्पाबाट निर्वाचन लड्ने सोचमा थिए । सोहि अनुसार पौडेल पाल्पा २ बाट निर्वाचन लड्ने गरी पार्टीले उनलाई टिकट समेत दिएको थियो तर, रुपन्देही २ का एमाले नेता तथा कार्यकर्ताले दवाब दिएपछि रुपन्देहीबाट नै निर्वाचन लड्न लागेका हुन् ।

Read more news from News of Nepal

Explore by Source or Category