npl.977 Nepal News Stream

Sutra News logo Sutra News

बंगलादेशमा भइरहेको घटनाप्रति भारतको चासो, दिल्लीले भन्यो– नजिकबाट निगरानी गरेका छौँ

सुत्र न्युज 14 hours ago

काठमाडौं । भारतले बंगलादेशमा भइरहेको घटनाप्रति चासो व्यक्त गरेको छ । भारतीय विदेश विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर बंगलादेशमा भइरहेको घटनाप्रति चासो व्यक्त गर्दै नजिकबाट नियालिरहेको जनाएको हो ।

बंगलादेशमा भारतविरुद्ध नाराबाजी, अल्पसंख्यक हिन्दूधर्मावलम्बीमाथि सांघातिक आक्रमणलगायतका गतिविधि भइरहेका बेला भारतले चासो राख्दै निगरानी गरिरहेको जनाएको हो ।

‘भारतले बङ्गलादेशमा विकसित हुँदै गएको अवस्थामाथि नजिकबाट निगरानी राखिरहेको छ । हाम्रा अधिकारीहरू बङ्गलादेशी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छन् र अल्पसंख्यक समुदायमाथि भएका आक्रमणप्रति हाम्रो गहिरो चिन्ता उनीहरूलाई अवगत गराएका छन्। दिपु चन्द्र दासको बर्बर हत्यामा संलग्न अपराधीहरूलाई न्यायको कठघरामा ल्याइयोस् भन्ने आग्रह पनि हामीले गरेका छौँ,’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बंगलादेशका सञ्चार माध्यमले भ्रामक प्रचार गरेको भन्दै प्रवक्ता रणधीर जैसवालले भने, ‘यस घटनासम्बन्धी बङ्गलादेशका केही सञ्चारमाध्यममा फैलाइएको भ्रामक प्रचारप्रति हामीले ध्यान दिएका छौँ ।’

बंगलादेशमा भएको घटनाबारे भारतले जारी गरेकाे विज्ञप्ति 

वास्तविकता के हो भने डिसेम्बर २० मा करिब २०–२५ जना युवाहरू नयाँ दिल्लीस्थित बङ्गलादेश उच्चायोग अगाडि भेला भएका थिए र मयमनसिंहमा दिपु चन्द्र दासको क्रूर हत्याको विरोध गर्दै नारा लगाएका थिए। साथै उनीहरूले बङ्गलादेशका सबै अल्पसंख्यक समुदायको संरक्षणको माग पनि गरेका थिए।

कुनै पनि समयमा घेराबार (फेन्स) तोड्ने वा सुरक्षा स्थिति सिर्जना गर्ने प्रयास गरिएको थिएन। घटनास्थलमा तैनाथ प्रहरीले केही मिनेटमै समूहलाई तितरबितर गराएको थियो। यी घटनासम्बन्धी दृश्य प्रमाण सार्वजनिक रूपमा उपलब्ध छन्। भियना सम्मेलनअनुसार आफ्नो भूमिमा रहेका विदेशी दूतावास तथा कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्न भारत प्रतिबद्ध छ।

भारतले बङ्गलादेशमा विकसित हुँदै गएको अवस्थामाथि नजिकबाट निगरानी राखिरहेको छ। हाम्रा अधिकारीहरू बङ्गलादेशी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छन् र अल्पसंख्यक समुदायमाथि भएका आक्रमणप्रति हाम्रो गहिरो चिन्ता उनीहरूलाई अवगत गराएका छन्। दिपु चन्द्र दासको बर्बर हत्यामा संलग्न अपराधीहरूलाई न्यायको कठघरामा ल्याइयोस् भन्ने आग्रह पनि हामीले गरेका छौँ।

नयाँ दिल्ली
डिसेम्बर २१, २०२५

Read more news from Sutra News

Explore by Source or Category