npl.977 Nepal News Stream

Sutra News logo Sutra News

मधेशमा एमालेलाई धक्का, ४० बढी नेताले पार्टी छोडे, प्रचण्डले गरे नेकपामा स्वागत

सुत्र न्युज 18 hours ago

 

काठमाडौं । नेकपा (एमाले) परित्याग गर्दै मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य प्रल्हाद गिरिसहित चार दर्जनभन्दा बढी नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। यस घटनालाई एमालेका लागि गम्भीर राजनीतिक झट्काका रूपमा हेरिएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले नवप्रवेशीहरूलाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गरे।

प्रल्हाद गिरिको नेतृत्वमा सामूहिक प्रवेश

२०७४ सालको प्रदेशसभा निर्वाचनमा पर्साबाट निर्वाचित तत्कालीन सांसद प्रल्हाद गिरि ले पार्टी प्रवेशको नेतृत्व गरेका थिए। उनीसँगै डा. अन्जु यादव, विन्ध्यवासिनी गाउँपालिकाका पूर्व अध्यक्ष श्रीलाल साह कानु, वर्तमान उपाध्यक्ष ज्योति चौरसिया, लक्ष्मण चौरसिया, पूर्व वडाध्यक्ष हनिफ अन्सारी र सांसद प्रतिनिधि राजकुमार गुप्ता नेकपामा समेटिए।

यसैगरी विन्ध्यवासिनीका पूर्व वडाध्यक्ष संजय चौहान, राप्रपा प्रदेश सदस्य चिन्टु तिवारी, एमाले महाधिवेशन प्रतिनिधि उत्तम तिवारी, वडाध्यक्ष प्रत्याशी अच्चेलाल मुखिया, बहुदरमाई नगरपालिकाका मेयर प्रत्याशी विपिन यादव, पूर्व वडाध्यक्ष रामरेखा सिंह, वडा नं. ७ का वडाध्यक्ष विरेन्द्र यादव, राधा बैठा र मिना देवी बैठा पनि एमाले छाडेर नेकपामा प्रवेश गरे।

पोखरिया नगरपालिकाका उपमेयर प्रत्याशी उपेन्द्र ठाकुर, स्याङ्जाका एमाले नेता इस्लाम मियाँ र ओखलढुंगाका एमाले नेता सिताराम गुरुङले पनि एमाले परित्याग गर्दै नेकपा रोजे।

समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देश संकटमा रहेको भन्दै राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए।

 

Read more news from Sutra News

Explore by Source or Category