Sutra News
‘चिराग’ र ‘लोकन्ती’ हेर्नलाई दर्शक भएनन्
सुत्र न्युज
|
19 hours ago
काठमाडौं । मंसिर २६ गते रिलिज भएका फिल्म ‘चिराग’ र ‘लोकन्ती’ले शनिबारसम्मको बक्सअफिस रिपोर्ट अनुसार दर्शक र कमाइ दुवैमा आशा अनुरूप प्रदर्शन गर्न सकेका छैनन्।
लेखक र निर्देशक त्यागमूर्तिको ‘चिराग’लाई हालसम्म जम्मा ३३० दर्शकले मात्र हेरेका छन्। यसले ग्रस कमाइमा ६८ हजार ४५० रुपैयाँ मात्रै संकलन गरेको छ।
फिल्ममा त्यागमूर्ति, सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल र दामोदर भण्डारीले अभिनय गरेका छन्।
उता, रञ्जित रानाले निर्देशन गरेको ‘लोकन्ती’लाई शनिबारसम्म १,३५७ दर्शकले मात्र हेरेका छन्। यसको ग्रस कमाइ चार लाख १ हजार ३४० रुपैयाँ मात्र पुगेको छ।
फिल्ममा एसराज गराच (सुरज), ऋचा थापा, विमला लिम्बू, कुमार न्यौपाने, विकास अधिकारी र दमन रुपाखेती को अभिनय रहेको छ।