npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

मंसिरमा प्रहरीले १२ करोड बढी जरिवाना उठायो

क्लिकमान्डु 1 day ago

काठमाडौं । नेपाल प्रहरीले जरिवाना स्वरुप देशभरबाट मंसिर महिनामा १२ करोड ३७ लाख ३६ हजार ५४४ रुपैयाँ संकलन गरेको छ ।

प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार कोशी प्रदेशबाट २ करोड ७१ लाख २० हजार ६०३ रुपैयाँ जरिवाना संकलन गरेको छ । मधेश प्रदेशमा ८७ लाख २५ हजार ७९० रुपैयाँ, बागमती प्रदेशमा ३ करोड १५ लाख ५१ हजार २७ रुपैयाँ, गण्डकी प्रदेशमा १ करोड ३ लाख ८१ हजार २० रुपैयाँ, लुम्बिनी प्रदेशमा १ करोड ३ लाख ५५ हजार ७३४ रुपैयाँ, कर्णाली प्रदेशमा १ लाख ६८ हजार ३१० रुपैयाँ, सुदूर पश्चिम प्रदेशमा १ करोड ६१ लाख २ हजार ९७३ रुपैयाँ र काठमाडौं उपत्यकाबाट १ करोड ९३ लाख ३१ हजार ८८ रुपैयाँ जरिवाना संकलन भएको छ ।

त्यसैगरी, सातै प्रदेशमा गरेर १ हजार ६९६ जना पक्राउ परेका छन् । कोशी प्रदेशमा २१० जना, मधेस प्रदेशमा ४९१ जना, बागमती प्रदेशमा १०४ जना, गण्डकी प्रदेशमा ६९ जना, लुम्बिनी प्रदेशमा २३८ जना, कर्णाली प्रदेशमा २५ जना, सुदूर पश्चिम प्रदेशमा ४८६ जना र काठमाडौं उपत्यकाबाट ७३ जना पक्राउ परेका छन् ।

Read more news from Clickmandu

Explore by Source or Category