npl.977 Nepal News Stream

Herne Katha logo Herne Katha

EP161:Dehatka Guru

हेर्ने कथा 1 month ago

 

धनुषाको एउटा सुदूर देहात । एकातिर कमलाका विशाल बगर र काँसघारीहरु, अलिक पर भारतको छेउ । शहर बजार र मूलबाटाहरु  बाट टाढा टाढा – जनक नन्दिनी गाउँपालिकाको कठाल गाउँ । यो टाढाको गाउँमा अलि अलि उज्यालो छर्दैछन् संजय यादव । 

देहातका गुरुको कथा

कुनै हिउँदे साँझ हामी अचानक पुगेका थियौं संजयको आँगनमा । गाउँभरिका केटाकेटी अआफ्नो ओछ्याउने बोरा बोकेर भेला भइसकेका थिए । 

आज शुक्रबार हाजिरी जवाफ हुँदैरहेछ । संजयले विद्यार्थीहरुलाई प्रश्न सोधिदिन हामीलाई नै अर्हाए । 

भोलिपल्ट एकाविहानै बाक्लो कुहिरो छिचोल्दै एक हुल मानिसहरु कमला छेउछाउ दौडिरहेका थिए । अघिअघि संजय, पछिपछि नानीबाबुहरु । 

संजयको बितेका २० वर्षदेखिको दैनिकी यही हो । दिनभरि स्कुल पढाउँछन् तर उनको स्थायी दरबन्दी छैन । बच्चाहरुलाई आफूले जानेका नजानेका गीतसंगीत देखि खेलकुद सिकाउन मरिमेट्छन् । विहान बेलुका घरमा ट्युसन पढाउँछन् । हुनेले पैसा दिन्छन्, नहुनेले दिँदैनन् । 

गाउँमा स्कुल खुलेको ६५ वर्ष पुग्न लाग्यो । संजय सर २२ वर्षदेखि लागेका छन् तर पनि गाउँभरिका टोलहरुमा एकैनासको उज्यालो छैन । यहाँका दलित बस्तिहरु अझै अँध्यारा छन् । 

अलिअलि पुर्ख्यौली खेतीबाट संजयको गुजारा चल्छ । आमाले व्यवहार सम्हाल्छिन् । श्रीमती पनि यही स्कुल पढाउँछिन् । संजयलाई आफ्नो सानो गाउँको सानो स्कुलका नानीबाबुहरुलाई उज्यालो देखाउने अनौठो लत लागेको छ । 

 

The post EP161:Dehatka Guru appeared first on Herne Katha.

Read more news from Herne Katha

Explore by Source or Category