Sutra News
आगामी महाधिवेशनमा महामन्त्री उठ्ने प्रदीप पौडेलको घोषणा
सुत्र न्युज
|
5 hours ago
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशनमा आफू महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्।
आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले १४औं महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको स्मरण गर्दै १५औं महाधिवेशनमा पनि आफू महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने बताए।
उनले महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वसँग कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुनुपर्ने आवश्यकतालाई जोड दिए।