npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

झण्डै आधा योजना सम्झौता हुन बाँकी

देश सञ्चार 9 hours ago

हुम्ला – आर्थिक वर्ष सम्पन्न हुन तीन महिना मात्र बाँकी रहँदा सिमकोट गाउँपालिकाले वार्षिक कार्यक्रममा तर्जुमा भएका योजनामध्ये आधार योजनाको सम्झौता हुन सकेको छैन। वडा र बस्तीस्तरमा निर्माण गर्नुपर्ने योजनाको सम्झौताका लागि उपभोक्ता समयमै नआउनु र कार्यालयले पनि ताकेता नगरेको कारण सम्झौता कार्यमा ढिलाइ भइरहेको हो।

हालसम्म कुलमध्ये अठचालील दशमलव ६३ प्रतिशत योजनाहरुको सम्झौता हुन नसकेको सिमकोट गाउँपालिकाको योजना शाखाबाट जानकारी प्राप्त भएको छ।

अब आर्थिक वर्ष सम्पन्न हुन तीन महिना मात्र बाँकी रहेको कारण अब सम्झौता हुने योजनाको कार्य सम्पन्न गर्न कठिन हुने देखिएको छ। सिमकोट गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १८३ वटा योजनाहरु तर्जुमा गरेकोमा हालसम्म ८९ वटा योजनाहरुको सम्झौता हुन नसकेका हुन्।

अब काम गर्न समय अपुग हुने र सुरु भई हाले पनि यसको गुणस्तरमा शंका रहने भएको कारण चनाखो भएर अव नयाँ योजनाको समझौताका लागि लाग्नु पर्ने छ। शाखाका हासम्म ८२ वटा योजनाहरुको सम्झौता भएर निर्माण कार्य भई रहेको र त्यसमा ११ वटा योजनाहरुको कार्य सम्पन्न समेत भई सकेको छ।

यसरी एक वर्ष अगाडी तर्जुमा भएका योजनाहरुको हालसम्म सम्झौता हुन नसक्नुमा सबै पक्षमा जवाफदेहिता नदेखिएको कारण भएको हो। कार्यालय, प्राविधिक, उपभोक्ता र जनप्रतिनिधिहरु पनि उत्तिक्कै यसका लागि जिम्मेवार रहेका छन्।

अर्को कुरा यसरी थोरै समय बाँकी रहँदासम्म यसको कारण खोजिनीति नगर्नुले नागरिक समाज पनि उत्तिक्कै कमजोरी रहेको छ। यता प्राविधिकहरुले भने लागत ईष्टिमेट तयार भएपनि उपभोक्ता नआएको गुनासो गरेका छन्।

Read more news from देशसञ्चार

Explore by Source or Category