npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

सुरक्षा संवेदनशिलतालाइ मध्यनजर राखी निर्वाच क्षेत्रमा परिचालन हुन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरको निर्देशन

न्युज अफ नेपाल 5 hours ago

काठमाडौं ।

आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले निर्देशन दिनुभएको छ । कार्य बिभाग प्रमुख अतिरिक्त महानिरीक्षक ठाडा मगरले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुबाट फागुन ७ गते भर्चुअल माध्यम मार्फत सशस्त्र प्रहरी बल नेपालका इकाईहरुलाई सो निर्देशन दिनुभएको हो ।

उहाँले निर्वाचन सुरक्षालाई अभियानको रुपमा लिई सशस्त्र प्रहरी कर्मचारीहरुले निर्वाचन सुरक्षामा खटिनु पर्ने बताउनुहुँदै निर्वाचनको अवधिभर जिल्ला सुरक्षा समितिसँग सहकार्य गरी भुगोल अनुसार योजना बनाई कार्यान्वय गर्न समेत निर्देशन दिनुभयो ।

अतिरिक्त महानिरीक्षक ठाडा मगरले फिल्ड तहको सुरक्षा चुनौती तथा समस्याहरु समाधान हुने गरी सुरक्षा योजना बनाई परिचालन हुनुपर्नेमा जोड दिनुहुँदै सूचना संकलनलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्न निर्देशन दिनभएकोे छ । उहाँले आफ्नो व्यावसायिक दक्षताको अधिकतम प्रयोग गरी निर्वाचनमा खटिदा कुनै प्रकारको गल्ती नगरी परिचालन हुनुपर्ने बताउनुहुँदै यदि बल प्रयोग गर्ने अवस्था सृजना भएमा मानवअधिकारको समेत विशेष ख्याल गर्न निर्देशन दिनुभएको छ ।

Read more news from News of Nepal

Explore by Source or Category