पटक–पटक ट्राफिक नियम उल्लंघन गरेपछि आठजनाको लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु
जनकपुरधाम- मधेस प्रदेशमा पटक–पटक ट्राफिक नियम उल्लंघन गरेपछि आठजनाको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ ।
मधेस प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले पाँच पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्ने प्रक्रिया शुरु गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।
सिंहले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० बमोजिम ‘चालकले पालन गर्नुपर्ने शर्तहरु पाँच पटक भन्दा बढी उल्लंघन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमति पत्र ६ महिनासम्मको लागि निलम्बन गर्न सक्ने व्यवस्था बमोजिम ८ जनामाथि कारबाही प्रक्रिया अघि बढाइएको बताए ।