npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

वैदेशिक रोजगार एसोसिएसनद्वारा निर्वाचन परिचालन मूल समारोह समिति गठन

राजधानी समाचारदाता 16 hours ago

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन मूल समारोह समिति गठन गरेको छ ।

एसोसियसनले आज एक विज्ञप्ति जारी गरी एसोसिएसनका केन्द्रीय अध्यक्ष दीपक थापाको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन मूल समारोह तथा प्रचारप्रसार समिति गठन गरेको हो ।

एसोसियसनले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका १६५ वटै क्षेत्रका उम्मेदवारलाई विजयी गराउन समिति गठन गरेको जनाएको छ । अध्यक्ष थापाले आगामी निर्वाचनमा पार्टीको नीति, विचार र उम्मेदवारको पक्षमा शुभेच्छुक संस्थामा आबद्ध वैदेशिक रोजगार ब्यवसायीलाई आफ्नो जिल्ला र क्षेत्रमा सक्रिय बनाउने उद्देश्यले समिति गठन गरिएको बताए ।

एसोसियसनले कोशी प्रदेशमा नरेन्द्रप्रसाद ढकाल, मधेस प्रदेशमा दानबहादुर बुढाथोकी, बागमती प्रदेशमा विनोदजङ्ग केसी, गण्डकी प्रदेशमा श्यामप्रसाद श्रेष्ठ, लुम्बिनीमा रामप्रसाद गैरे, कर्णालीमा ऋषिप्रसाद शर्मालाई संयोजक तोकिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

The post वैदेशिक रोजगार एसोसिएसनद्वारा निर्वाचन परिचालन मूल समारोह समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category