Clickmandu
काठमाडौंका ४६ होटेल तथा रेष्टुरामा विभागको अनुगमन, ७ बटालाई १ लाख ३० हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यका केन्द्रित ४६ वटा होटेल तथा रेष्टुरामा अनुगमन गरेको छ ।
विभागको टोलीले गत शुक्रबार, आइतबार र सोमबार गरी ३ दिनमा ४६ वटा होटेल तथा रेष्टुरामा अनुगमन गरेको हो । जसमध्ये कैफियत भेटिएका ७ होटेल तथा रेष्टुरालाई एक लाख ३० हजार रुपैयाँबराबरको जरिवाना गराएको छ ।
विभागका अनुसार विभागले आज(सोमबार) कोटेश्वरस्थित होटेल ब्लिसफूल प्राइभेट लिमिटेड, गोल्मादेवी भोजनालय एण्ड लज, चण्डेश्वरी नेवारी खाजा घर, होटल ह्यापी स्टे, काठमाडौं ३१ का भोज अन्नपूर्ण प्राइभेट लिमिटेड, नागार्जुन ४ को कविरदेव मिठाई एण्ड चाट हाउस र न्यु ज्यो ज्यो मम घर, काठमाडौं १३ का आरएसटी थकाली भान्सा एण्ड नान हाउस तथा कीर्तिपुर १ का काभ्रे भोजनालयमा अनुगमन गरेको थियो ।
यस्तै काठमाडौं १४ का टिकटक होटल एण्ड फ्यामेली रेष्टुरेन्ट, जय महावीर स्वीट्स एण्ड चाट हाउस, लुम्बिनी तन्दुरी भोजनालय र नेवारी खाजा घरमा अनुगमन गरेको थियो ।
यसमध्ये उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८(ट) विपरित कार्य गरेको अभियोगमा कोटेश्वरको ब्लिसफूल प्राइभेट लिमिटेडबाट ५० हजार, सोहि ऐनको दफा १५ र ३८(घ) विपरित कार्य गरेको अभियोगमा कोटेश्वरकै गोल्मादेवी भोजनालयलाई ५ हजार र सोहि ऐनको दफा १५ र ३८(घ) को विपरित कार्य गरेको अभियोगमा कोटेश्वरकै चण्डेश्वरी खाजा घरलाई ५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।
यस्तै आइतबार महाराजगञ्जस्थित प्रिया स्वीट एण्ड चाट हाउस, टोखा ११ स्थित आई क्याफे रेष्टुरेन्ट एण्ड बार, गौगवुस्थित मित्रनगर बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, मित्रनगरस्थित होटल जय सिद्धबाबा प्रालि, होटेल तिरुपति, टोखा ९ स्थित द क्याटर अकबरे झोल मम, काठमाडौं २१ स्थित तास एण्ड सेकुवा महल, काठमाडौं २६ स्थित एसके क्वालिटी फूड, क्लासिक होटेल, हाम्रो माछापुच्छ्रे गेष्ट हाउस, पाथिभर मम एण्ड खाजाघर, तारकेश्वरस्थित बिजेन्द्र श्रेष्ठ, काठमाडौं ६ स्थित एभरेष्ट स्वीट, काठमाडौं ७ स्थित मेवरिक प्रालि, काठमाडौं ४ स्थित छाप्रो फूडल्याण्ड र काठमाडौं ३ स्थित जगदम्बा स्वीट्स एण्ड चाट हाउसमा अनुगमन गरेको थियो ।
यसमध्ये उपभोक्ता संरक्षण ऐन विपरित कैफियत भेटिएको अभियोगमा महाराजगञ्जको प्रिया स्वीट एण्ड चाट हाउसबाट ५० हजार, टोखा ११ को आई क्याफे रेष्टुरेन्ट एण्ड बारबाट ५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।
त्यस्तै शुक्रबार गौगबुस्थित फ्रेस टप क्वालिटी मम एण्ड फास्ट फूड सेन्टर, मड्का बिर्यानी प्रालि, आकृति होटल एण्ड रिसोर्ट प्रालि, जय अम्बे स्वीट् एण्ड फास्ट फूड, नितिश फूड्स, पोखरेली लुम्बिनी तन्दुरी एण्ड रेष्टुरेन्ट, मिराकल रेष्टुरेन्ट र लड्ड् गोपाल फूड्स प्रालि, सुकेधारास्थित स्पेशल दार्जिलिङ मम, स्टाफ भोजनालय, युनिभर्सल रिसेप्सन प्यालस प्रालि, ए वान भोजनालय, चावहिलस्थित दाउरा फायरउड रेष्टुरेन्ट, होटेल नोभा नुक प्रालि, तुमदेन हाइजेनिक फूड प्वाइन्ट प्रालि र सोह्खुट्टेस्थित सूर्यदेव मिठाई प्रोडक्ट प्रालिमा विभागको टोलीले अनुगमन गरेको थियो ।
यसमध्ये उपभोक्ता संरक्षण ऐन विपरित कार्य गरेको अभियोगमा गोंगबुको फ्रेस टप क्वालिटी मम एण्ड फास्ट फूड सेन्टरबाट ५ हजार र सोहि स्थानको मड्का बिर्यानी प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गराइएको थियो ।