npl.977 Nepal News Stream

Sutra News logo Sutra News

पानीको समस्या समाधान गर्न जापानी सहरलाई २१ केजी सुन दान

सुत्र न्युज 13 hours ago

काठमाडौं । जापानको ओसाका सहरले पुरानो पानी वितरण प्रणाली सुधार्न २१ किलो सुन दान पाएको छ ।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा ओसाका सहरका मेयर हिदेयुकी योकोयामाले ओसाकाले पुरानो पानी वितरण प्रणाली सुधार्न २१ किलो सुन दान पाएको जानकारी दिएका हुन् । तर, उनले दाताको नाम भने नखुलाएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार एक केजी तौल भएका सुनका बिस्किटहरूको मूल्य ५६ करोड येन अर्थात् ३६ लाख अमेरिकी डलरजति पर्छ ।

जापानको तेस्रो ठूलो सहर कान्साई क्षेत्रमा रहेको ओसाकामा करिब ३० लाख मानिसको बसोबास छ । ओसाका एउटा व्यस्त व्यापारिक केन्द्र पनि हो।

तर अन्य जापानी सहरहरूजस्तै ओसाकामा पानी वितरण र ढल निकास गर्ने पाइपहरू निकै पुराना भइसकेका छन्। त्यसबाट सुरक्षाबारे चिन्ता पनि उत्पन्न भएको छ ।

मेयर योकोयामाले अहिले प्राप्त दान ‘निकै ठूलो’ भएको र आफू ‘निःशब्द“ बनेको प्रतिक्रिया दिए । उनका अनुसार तिनै अज्ञात दाताले यसअघि ओसाको नगरपालिकाको पानी वितरणका लागि ५ लाख येन दान दिएका थिए।

Read more news from Sutra News

Explore by Source or Category