राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
खड्का नेविसंघ कार्यवाहक अध्यक्ष
काठमाडौ । नेपाली काग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जीव खड्कालाई दिइएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन् ।
अध्यक्ष शेर्पा भारत मुम्बईमा आयोजित कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाँदै छन् । त्यसअघि उनले कार्यवाहक तोकेका हुन् । पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका नेविसंघ केन्द्रीय सदस्य खड्का उदयपुरका हुन् ।
नेविसंघ केन्द्रीय कार्यालयमा कार्यवाहकको जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताएका छन् ।
The post खड्का नेविसंघ कार्यवाहक अध्यक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....