npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सप्तरीमा चुलेसी प्रहारबाट आमा छोरा घाइते

राजधानी समाचारदाता 3 hours ago

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकामा भएको आगलागी पुरानो रिसिइवीका कारण भएको भन्दै पीडित र आरोपित पक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन् । घाइते दुबैमाथि घरेलु हतियार प्रयोग गरिएको प्रहरीको भनाई छ ।

मदरसा विवाद हिंसात्मक रुप लिदै

नगरपालिकाको वडा नम्बर ११ गोरपारमा शनिबार राति भएको आगलागी समुदायकै अर्को पक्षले गराएकोे आरोप लगाउँदा उक्त घटना भएको स्थानियले बताएका छन् ।

शनिबार साँझ स्थानीय मो. दाबुदको फुसको गोठमा अचानक आगलागी भएको थियो । उक्त घटना स्थानिय मो. जमिलले गरेको भनी घरधनीले आरोप लगाएपछि दुबैपक्षबीच विवाद शुरु भएको थियो । सोही क्रममा जमिल र उनी संगै आएका युवाहरुले ले कुटपिट र चुलेसी प्रहार गर्दा दाबुदको दाहिने तिघ्रामा काटी घाईते भएको र उनका आमा मरियम खातुनको औलामा सामान्य काटिएर घाईते भएको प्रहरीले जनाएको छ ।

दुबैजनाको स्थानिय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

चुलेसी हान्ने र कुटपिटमा संलग्न स्थानीय ४० बर्षीय मो. जमिल, २६ बर्षीय सुलतान र सलाम, २५ बर्षीय ऐजरायल तथा २५ बर्षीय अहमद फरार रहेको र उनीहरुको खोजी कार्य भईरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

विवादहुनु अघि दाबुदको गोठमा भएको आगलागीबाट एक लाख ५० हजार रुपैयाँ मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपाल प्रहरी, कञ्चनरुप नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा एक घण्टाको प्रयासपछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिईएको थियो । सोही वडामा रहेको मुमताजुल उलुम मदरसामा आर्थिक अनियमितताको विषयलाई लिएर मुस्लिम समुदायकै दुईपक्षबीच विवाद रहँदै आएको छ । सोही विवादलाई लिएर पछिल्लो घट्ना भएको स्थानियले बताएका छन् ।

The post सप्तरीमा चुलेसी प्रहारबाट आमा छोरा घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category