npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

आफैंले बनाएको कार्कीे सरकार विस्थापन गर्न जेन–जीले थाले आन्दोलन

न्युज अफ नेपाल 3 hours ago

काठमाडौं ।

जेन–जी संयुक्त आन्दोलनले आफूहरूको माग पूरा नगरेको भन्दै सुशीला कार्की सरकार विस्थापनलगायतका विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । जेन–जीको नाममा गठन भएको सरकार विस्थापन गर्ने मामिलामा आफूहरू एक ठाउँमा रहेको उनीहरूले बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जेन–जी संयुक्त आन्दोलनले सरकारविरुद्ध निर्णायक आन्दोलन सुरु गर्न लागेको बताएको हो । पत्रकार सम्मेलनमा जेन–जी अभियन्ता मिराज ढुंगानाले सुशीला कार्की सरकारको विस्थापन आफूहरूको एकसूत्रीय एजेन्डा भएको बताउनुभयो ।

‘हामी यहाँ थुप्रै धारका मान्छे छौं, सबैको असन्तुष्टि र साझा निष्कर्ष वर्तमान सरकारलाई अपदस्थ गर्न एकदम जरुरी भएको छ,’ ढुंगानाले भन्नुभयो– ‘प्रधानमन्त्री सुशीला कार्कीले देशको हितका लागि केही पनि गर्नसक्नुभएन । त्यसैले उहाँको विस्थापन जरुरी भइसक्यो ।’

ढुंगानाले सर्वपक्षीय सरकार गठन गरेर जेन–जी आन्दोलनका माग पूरा गर्नुपर्ने बताउनुभयो । ‘हामीले जेन–जी विद्रोहीलगायत देशको हित सोच्ने सबैलाई एक ठाउँमा ल्याएका छौं । त्यसैले भोलि सशक्त रूपमा संघर्षमा उत्रेर आन्दोलनलाई न्याय दिन्छौं,’ ढुंगानाले भन्नुभयो– ‘बोल्ने धेरै बोल्यौं, काम भोलिदेखि देखिन्छ ।’

ढुंगानाले जेन–जी आन्दोलनको बलमा बनेको सरकारले सय दिनमै औचित्य गुमाएकाले विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेको प्रस्ट पार्नुभयो । ‘सुशीला कार्की प्रधानमन्त्री खानमात्र आउनुभएको रहेछ, हामीलाई धोका भयो । सरकार औचित्यहीन बनिसकेको छ,’ ढुंगानाले भन्नुभयो– ‘हामीले यो सरकारको विकल्प खोज्ने छौं, सर्वपक्षीय सरकार गठनका लागि दबाब दिन भोलि ११ बजेबाट हाम्रो शान्तिपूर्ण आन्दोलन सुरु हुन्छ ।’

सुशीला कार्की प्रधानमन्त्री खानमात्र आउनुभएको रहेछ, हामीलाई धोका भयो । सरकार औचित्यहीन बनिसकेको छ, हामीले यो सरकारको विकल्प खोज्ने छौं ।
मिराज ढुृंगाना
जेन–जी अभियन्ता

Read more news from News of Nepal

Explore by Source or Category