npl.977 Nepal News Stream

Sutra News logo Sutra News

देउवा, ओली र प्रचण्डलाई शीतल निवास बोलाए राष्ट्रपतिले

सुत्र न्युज 6 hours ago

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेतालाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन् ।

राष्ट्रपति पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बोलाएका हुन् ।

मंगलबार अपराह्न ३ बजे शीतल निवासमा बोलाइएका नेता र राष्ट्रपति पौडेलबिच देशको राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस र एमालेले फागुन २१ मा निर्वाचन हुने वातावरण नबनाएको बताइरहेका बेला राष्ट्रपतिले तीन दलकै शीर्ष नेतालाई शीतलनिवास डाकेका हुन् ।

Read more news from Sutra News

Explore by Source or Category