npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

साउदीमा गैरकानुनी कामदार माथि धरपकड़ तीव्र

Rajdhani Daily 10 hours ago

काठमाडौं । साउदी सरकारले गैरकानुनी रुपमा बसेका आप्रबासी कामदार माथि धरपकड़ अभियान तीब्र पारेसँगै १७ हजार ८८० जनालाई पक्राउ गरेको छ। साउदी सुरक्षा बलका अनुसार एक साता राज्यका विभिन्न क्षेत्रबाट १७ हजार ८८० जना गैरकानुनी कामदारलाई पक्राउ गरेको जनाएको छ । एक साताको अवधिमा सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा गरिएको संयुक्त क्षेत्रीय सुरक्षा अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पक्राउ पर्नेमा ११ हजार १९० रेसिडेन्सी कानून उल्लङ्घन गर्ने, ३ हजार ८०१ सीमा सुरक्षा कानून उल्लङ्घन गर्ने र २ हजार ८८९ श्रम कानून उल्लङ्घन गर्नेहरू रहेका छन्। साउदीमा कानुन उलंघन गर्नेलाई १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिवाना र यी अपराधमा प्रयोग हुने सवारी साधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ। साउदी सरकारले कानुन उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीब्र रुपमा अघि बढाएको छ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रबासीलाई लक्षित गरि धड्पड अभियान तीब्र पारेसंगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौ नेपालीहरु पनि पक्राउ परेका र हाल उनीहरुलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्य कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

यसैगरी,साउदीमा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ३४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । रियादस्थित दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमति पत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ ।

The post साउदीमा गैरकानुनी कामदार माथि धरपकड़ तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category