npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

होर्मुज जलसन्धि १० दिनका लागि खुला, इरानद्वारा युद्धविराम अवधिमा व्यावसायिक जहाजलाई अनुमति

न्युज अफ नेपाल 10 hours ago

काठमाडौं।

इरानले युद्धविराम अवधिभर होर्मुज जलसन्धि खुला गर्ने घोषणा गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविरामको सन्दर्भमा उक्त जलमार्ग पूर्ण रूपमा सञ्चालनमा रहने जानकारी दिएका हुन्।

अराघचीले सामाजिक सञ्जाल एक्समार्फत् युद्धविराम अवधिभर होर्मुज हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमन खुला रहने स्पष्ट पारेका छन्। उनले यो निर्णय इरान इस्लामिक गणतन्त्रको बन्दरगाह तथा समुद्री संगठनद्वारा पूर्वनिर्धारित समन्वित मार्गअनुसार लागू हुने बताएका छन्।

यो घोषणासँगै १० दिनको युद्धविराम अवधिमा अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण मानिने उक्त जलमार्गबाट सबै व्यावसायिक जहाजहरूले निर्बाध आवतजावत गर्न पाउने भएका छन्।

विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारको प्रमुख मार्गका रूपमा रहेको होर्मुज जलसन्धि खुला रहने निर्णयले विश्व बजारमा केही स्थिरता ल्याउने अपेक्षा गरिएको छ।

Read more news from News of Nepal

Explore by Source or Category