npl.977 Nepal News Stream

Sutra News logo Sutra News

बंगलादेशमा हिन्दु युवा मारिए, त्यसको विरोधमा जनकपुरमा प्रदर्शन

सुत्र न्युज 14 hours ago

रौतहट । जनकपुरधाममा हिन्दूवादीहरुले बांगलादेश विरुद्ध प्रदर्शन गरेका छन् ।

आईतबार साँझ विभिन्न हिन्दूवादी संघ संस्थाले संयुक्त रुपमा बांगलादेश विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहनसमेत गरेका छन् ।

२ दिनअघि बांगलादेशमा निर्ममतापूर्वक हिन्दू समुदयाका दिपु चन्द्र दासलाई केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपीट गरी जिउँदै जलाएको घटनाप्रति आक्रोस जनाउँदै जनकपुरधामका हिन्दूवादीहरुले विरोध गरेका छन् । उनीहरुले हिन्दू समुदायलाई एक हुनसमेत आग्रह गर्दै नारा लगाए ।

उनीहरुले जेहादी आतंकवादी मुर्दावाद, जाग जाग हिन्दू जाग, हिन्दू विरोधी नेता मुर्दावादलगायतका नारा लगाएका छन् ।

उनीहरुले आजबाट बांगलादेशका कुनै पनि सामान प्रयोग नगर्न आग्रह गरेका छन् । उनीहरुले मुस्लिम आयोग खारेज गर्नु पर्ने पनि माग गरेका छन् ।

Read more news from Sutra News

Explore by Source or Category