npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु, सबै स्थानीय तह सक्रिय

Tourism Face 1 day ago

काठमाडौं । देशका ७५३ वटै स्थानीय तहमा  ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु गरिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा नागरिकमा घटना दर्तासम्बन्धी सचेतना विस्तार गर्ने लक्ष्यसहित यो अभियान सञ्चालनमा ल्याइएको हो।

व्यक्तिगत घटना—जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायत—को दर्ता नागरिकको कानुनी पहिचान सुनिश्चित गर्ने प्रमुख आधार मानिन्छ। साथै, राज्यबाट उपलब्ध हुने सेवा–सुविधा तथा नीति निर्माण प्रक्रियामा पनि यस्ता विवरण अत्यन्त आवश्यक हुने भएकाले यसको महत्व अझ बढेको छ।

यसै सन्दर्भमा स्थानीय तहहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन्। विद्यालय, सामुदायिक संस्था तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा घटना दर्ताको आवश्यकता र लाभबारे जानकारी दिने कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ।

विभागले गत चैतमै सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सप्ताहव्यापी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिइसकेको छ।

The post देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु, सबै स्थानीय तह सक्रिय first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category