npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

प्रधानमन्त्रीलाई भेट्दै रवि लामिछाने

क्लिकमान्डु 7 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने भएका छन् ।

सहकारी ठगी प्रकरणमा थुनामुक्त भएपछि पहिलो पटक प्रधानमन्त्रीलाई भेट्न लागेका लामिछाने आज साँझ साढे ६ बजे बालुवाटार जाने कार्यक्रम तय भएको छ ।

लामिछाने र प्रधानमन्त्री कार्कीबीचको भेटघाट साँझ साढे ६ बजेका लागि निश्चित गरिएको छ । प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हुन लागेको हो ।

भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भई हिजो काठमाडौं आएका थिए । रिहापछि आजै उनी पार्टी कार्यालय पुगेका थिए, जहाँ उनलाई कार्यकर्ता तथा नेताहरूले स्वागत गरेका थिए ।

पार्टी कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले वर्तमान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए। प्रधानमन्त्रीसँगको भेटमा समसामयिक राजनीतिक अवस्था र आगामी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Read more news from Clickmandu

Explore by Source or Category