राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ४ हजार १०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
The post सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....