Clickmandu
तोकिएको मूल्यभन्दा बढी लिएको भन्दै उपभोक्ता अदालतमा मुद्दा, चाँदी पसललाई २० हजार क्षतिपूर्ति

काठमाडौं । उपभोक्ता अदालतले तोकिएको मूल्यभन्दा कम मूल्य उपलब्ध गराउने एक चाँदी व्यापारिक प्रतिष्ठानबाट २० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ ।
उपभोक्ता अदालतले मूल्यमा ठगि भएको ठहर गर्दै बिशालबजारस्थित स्वस्तिक सिल्भर प्यालेस लिमिटेडबाट २० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश जारी गरेको छ ।
गोदाबरी नगरपालिका १३ कि सावित्री खत्री थापाले उक्त व्यापारिक प्रतिष्ठानबाट २०८१ फागुन २५ गते १३.३ ग्रामको चाँदीको मूर्ति खरिद गरेकी थिइन् । तत्कालिन समयको बजार मूल्यअनुसार प्रति तोला १ हजार ९ सय ८५ रुपैयाँ थियो ।
थापाले तोकिएको मूल्यभन्दा बढी रकम लिएको भन्दै क्षतिपूर्तिसहित उक्त व्यापारिक प्रतिष्ठानविरुद्ध उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
उपभोक्ता अदालतले उपभोक्ता संरक्षणअनुसार उक्त व्यापारिक प्रतिष्ठानबाट थापालाई आर्थिक क्षति, मानसिक क्षति, शारिरीक क्षतिसहित २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ ।