npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

पर्साका सबै मतदातास्थल सिसिटिभी प्रणालीमा जोडिने

तुलसी भण्डारी 1 hour ago

वीरगन्ज । जेनजी आन्दोलनका बलमा स्थापित सरकारले फागुन २१ गते गराउने निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न पर्साका १ सय ६७ मतदानस्थल सिसीटिभी प्रणालीमा जोड्ने तयारी थालिएको छ । आगामी फागुन १७ गतेसम्म सबै मतदान स्थललाई सिसी टिभी प्रणालीमा जोड्ने तयारी थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

पर्सा प्रहरीले शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै पर्साका सबै मतदानस्थलमा पागुन १७ गतेसम्म सिसिटिभी प्रणालीसँग जोडिसक्ने व्यवस्था गरिएको पर्सा प्रहरीले जनाएको छ । सिसिटिभी प्रणालीमार्फत मतदान स्थलहरुको निरन्तर निगरानी गरी फागुन २१ गते हुने मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिएको पर्साका प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतले बताए ।

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायहरुसँग समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखिएको प्रहरीको दावी छ । मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकाय तथा आम नागरिकसँग प्रहरीले सहयोगको लागि पनि अनुरोध गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

The post पर्साका सबै मतदातास्थल सिसिटिभी प्रणालीमा जोडिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category