Sutra News
बालेनसँगको भेटबारे रविले मुख खोले, प्रधानमन्त्री ‘लेनदेन’ भएको कुरा के हो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालेनसँगको बैठकबारे सार्वजनिक चर्चामा धेरै कुरा गलत रूपमा फैलिएको बताउँदै आफ्नो कुरा राखेका छन्।
मंगलबार चितवन पुगेका उनले पत्रकारहरूसँग भने, ‘हामी दुईजना मात्र सहभागी बैठकमा बसेका थियौं, त्यसैले बाहिर सबैले आफ्नो स्वाद अनुसार व्याख्या गर्नु अनुचित हो।’
लामिछानेका अनुसार बैठकको उद्देश्य नयाँ वा वैकल्पिक भनिएका राजनीतिक शक्तिहरूलाई संवादमार्फत एक ठाउँमा ल्याउने प्रयास मात्र थियो। बालेनसँगको वार्ता सुरुवात मात्र भएको भन्दै प्रधानमन्त्री दिनेसहितका विषयमा प्रवेश नगरेको उनको दाबी छ।
उनले थपे, ‘यो वार्ता सुरुवात मात्र हो। प्रधानमन्त्रीको विषयमा वा अन्य संवेदनशील राजनीतिक निर्णयमा प्रवेश गरिएको छैन। पहिला एकअर्काको अवस्था बुझ्नुपर्छ, परिस्थिति बुझ्नुपर्छ, त्यसपछि मात्र राजनीतिक चरणमा प्रवेश हुनेछ।’