npl.977 Nepal News Stream

Sutra News logo Sutra News

आयोगले गर्‍यो ३ जनाको स्थानहद फुकुवा

सुत्र न्युज 3 hours ago

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तीनजनाको स्थानहद फुकुवा गरेको छ । आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेर पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी चन्द्रकुवेर खापुङ र तत्कालीन काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको जानकारी दिएको हो ।

उनीहरुको स्थानहद फुकुवा गरेको सम्बन्धमा आयोगले गृह मन्त्रालयलाई लेखेको पत्र

‘भदौ २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्वगृह सचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरिक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न मिति २०८२/६/१२ र मिति २०८२/०७/२७ को बैठकबाट निर्णय गरिएकोमा पूर्व निर्णय उपरको कार्य सम्पन्न भइसकेकोले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२/०९/०७ मा निर्णय भएकोले सोहि व्यहोरा निर्णयानुसार अनुरोध छ ।

Read more news from Sutra News

Explore by Source or Category