npl.977 Nepal News Stream

Sutra News logo Sutra News

बर्दीधारी भारतीय सुरक्षाकर्मी नेपाल पसे, यस्तो छ वास्तविकता

सुत्र न्युज 20 hours ago

काठमाडौं । पर्साको धोबिनी क्षेत्रमा बर्दीसहित भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको घटना सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक भएको भिडियोमा स्थानीय बासिन्दाहरूले भारतीय अधिकारीलाई प्रश्न सोध्दै रोक्ने प्रयास गरेको देखिन्छ, उनीहरूले ‘नेपालमा के गर्न आएको?’ भनेर प्रश्न गरेका छन्। घटनास्थलमा भारतीय सुरक्षाकर्मी सुरक्षा गाडीसहित नेपाल प्रवेश गरेको देखिएको थियो।

धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार सुरक्षाकर्मी वडा नम्बर ५ भित्रसम्म प्रवेश गरेका थिए। सुरक्षाकर्मीहरू कुनै व्यक्तिलाई खोज्न आएको जस्तो देखिए। स्थानीयको हस्तक्षेपपछि नेपाल प्रहरी मार्फत समन्वय गरी भारतीय पक्ष फिर्ता पठाइएको जनाइएको छ।

भारतीय प्रहरी हतियारसहित आए पनि स्थानीय आतंकित भएका थिए। उनीहरू कोही व्यक्तिको पिछा गर्दै नेपालतर्फ प्रवेश गरेको आशंका गरिएको छ।

तर, पर्सा प्रहरीका प्रमुख एसपी सुदीप पाठकले भने भारतीय प्रहरी बाटो भुलेर नेपालको सीमावारि आएको बताए। एसपी पाठकले भने, ‘कुनै व्याक्ति पक्राउ गर्न भारतीय प्रहरी नेपाल छिरेका होइनन्। बाटो भुलेर आएका हुन्। हामीले पछि समन्वय गरेर फर्काएका हौँ।’’

Read more news from Sutra News

Explore by Source or Category