npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार

न्युज अफ नेपाल 14 hours ago

काठमाडौं

काभ्रेपलान्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको छ । गत वर्ष बैकको कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरेश देवकोटा नियुक्त भएपश्चात बैकको वित्तीय अवस्थामा सुधार देखिएको हो ।


बैंकको गत आ.ब. २०८०÷०८१ को तुलनामा आ.ब. २०८१÷८२ को वित्तीय सुचकहरुमा ब्यापक प्रगति भएको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी गत वर्ष रु. ५.४६ रहेकोमा यस वर्ष रु. ३१.७६ रहेको छ । त्यसैगरि बैकको प्रतिशेयर नेटवर्थ गत आ.ब. मा रु. ६३.५० रहेकोमा आषाढ मसान्त २०८२ मा बढेर प्रति शेयर नेटवर्थ रु. ९७.२४ पुगेको छ ।


विशेषत निष्कृय कर्जाको असुलीमा भएको उल्लेखनीय सुधारको कारणले बैकको वित्तिय सुचकहरुमा प्रगति भएको देखिन्छ । बैकको निष्कृय कर्जाको अनुपात पनि गत आ.ब.मा १०.६३ प्रतिशत रहेकोमा आषाढ मसान्त २०८२ मा घटेर ६.०८ प्रतिशत मात्र रहेको छ । साथै आषाढ मसान्त २०८२ मा बैकको पुँजीकोष अनुपात मजबुत भई १३.०७ प्रतिशत पुगेको छ ।


विगतमा पुँजीकोष अनुपात ६ प्रतिशतको हाराहारीमा रहेको कारणले केन्द्रिय बैकले सिघ्र सुधारात्मक कारवाही गरेकोमा हाल पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा माथि रहेकोले छिट्टै सिघ्र सुधारात्मक कारवाही हट्ने विश्वास बैकले लिएको छ । बैकले आ.ब. २०८१÷८२ को वित्तिय विवरणहरु वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनको स्वीकृतिको लागि नेपाल राष्ट्र बैकमा पेश गरिसकेको जनाएको छ । नेटवर्थमा उल्लेख्य सुधार भएतापनि विगत वर्षहरुको संचित नोक्सानीको कारणले यस वर्ष बैकले कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।


हाल प्रादेशिकस्तरको पाँच जिल्ला कार्यक्षेत्र रहेको बैकले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन जिल्लामा आफ्नो २५ वटा शाखा र एउटा एक्टेन्सन काउन्टर मार्फत करिब डेढ लाख ग्राहकहरुलाई सेवा दिईरहेको छ ।

Read more news from News of Nepal

Explore by Source or Category