News of Nepal
विषयगत समितिमा १० जना निर्वाचित
काठमाडौं ।
प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसद निर्वाचित भएका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको सहज बहुमत छ । उसका १८२ सांसद छन् र सबै समितिमा उसको बहुमत सांसद छन् ।
कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बाँस्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल हुनुहुन्छ ।
संसदीय सुनुवाइ विशेष समितिमा बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र लेखा समितिमा कांग्रेसका भरतबहादुर खड्का रहनुभएको छ ।