npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

पशुपति क्षेत्रको अतिक्रमित जग्गामा काठमाडौं महानगरको डोजर चल्यो

न्युज अफ नेपाल 10 hours ago

काठमाडौँ।

पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडाैं महानगरपालिकाले डोजर चलाएको छ ।

गौशालामा रहेको कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले शु्क्रबार डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका महानगरभित्रका सबै संरचना तथा टहराहरू भत्काउने कार्य पुनः शुरू गरेको बताए ।

पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी कवाड व्यवसाय गर्न तथा अन्य प्रयोजनका लागि बनाइएका टहरा भत्काइएको उनको भनाइ छ ।

Read more news from News of Nepal

Explore by Source or Category