ग्लोबल आइएमई लघुवित्तका लगानीकर्तालाई लाभांशमा सेयर र नगद, प्रतिफलमा ३.९ करोड दिने
काठमाडौं। ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको आइतबार भएको बैठकले सेयरधनीलाई ५ प्रतिशत प्रतिफलमा बोनस सेयर र नगद वितरण गर्ने निर्णय गरेको हो।
संस्थाका सेयरधनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट नगद र बोनस सेयर गरेर चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ३ करोड ९ लाख रुपैयाँ प्रतिफल पाउनेछन्।
संस्थाको चुक्ता पुँजी हाल ६१ करोड ८९ लाख रुपैयाँ छ। सेयरधनीले चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने २ करोड ९३ रुपैयाँ बराबर बोनस सेयर र चुक्ता पुँजीको करसहित ०.७५ प्रतिशतले हुन आउने १५ लाख ४७ हजार नगद पाउनेछन्।
The post ग्लोबल आइएमई लघुवित्तका लगानीकर्तालाई लाभांशमा सेयर र नगद, प्रतिफलमा ३.९ करोड दिने appeared first on BIZMANDU.