npl.977 Nepal News Stream

#सेयर बजार

Contents
Taksar News logo Taksar News

३३ अंकले घट्यो नेप्से, ९ अर्ब रूपैयाँ बढीको कारोबार

टक्सार न्युज 12 hours ago

काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६१ करोड ८० लाख ४३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा रिड्ज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रिज र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सिन्धु विकास बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.४७ प्रतिशतले घटेको छ ।

कुल ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेपाल न्युज logo नेपाल न्युज

३३.८३ अंकले घटेको नेप्से २८३३ विन्दुमा अडियो

नेपालन्युज 12 hours ago

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बिहीबार) ३३.८३ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.१८ प्रतिशतले घटेको नेप्से २८३३.०३ विन्दुमा अडिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ४.४१ अंकले घटेर ४७७.४६ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.९१ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स १.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९६ प्रतिशतले बढेको छ।

सेयरबजारमा बिहीबार ३४२ कम्पनीको एक लाख ११ हजार ६०७ पटकको कारोबारमा दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ रुपैयाँको कारोबार भयो।

सोमबार आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको कारोबार भएको थियो। मंगलबार नयाँ वर्षको सार्वजनिक बिदा भएका कारण नेप्सेमा कारोबार भएन। बुधबार भने १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सबै समूहको सूचक ओरालो लाग्दै राताम्मे बनेका छन्। जसअनुसार बिहीबार वाणिज्य बैंक समूहको सूचक ०.८०‚ विकास बैंक १.१५‚ फाइनान्स १.८९‚ होटेल तथा पर्यटन ०.५०‚ जलविद्युत् १.५१‚ लगानी समूह १.२७‚ जीवन बिमा ०.९० प्रतिशतले घट्यो।

यसैगरी उत्पादन तथा प्रशोधन १.५४‚ लघुवित्त ०.७१‚ म्युचुअल फन्ड ०.१४‚ निर्जीवन बिमा १.२८‚ अन्य १.९० र व्यापार समूहको उपसूचक १.०१ प्रतिशतले ओरालो लागे।

नेप्सेमा बिहीबार दुई कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी छन्। अर्थात् रिजलाइन र सूर्यकुण्डका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै सिन्धु विकास बैंकका लगानीकर्ताले ९.४७ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। आज रिलायन्सको ६१ करोड ८० लाख ४३ हजार ४४८ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। नेसनलको सेयर बिहीबार १७ लाख ३२ हजार ३१७ कित्ता किनबेच भयो। हिजो (बुधबार) नेसनलको १७ लाख २८ हजार ३९८ कित्ता किनबेच भएको थियो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३१८ रुपैयाँ कायम रह्यो।

Taksar News logo Taksar News

सिटी होटलको २.७२ करोड कित्ता सेयरको लकइन अवधि जेठमा सकिने

टक्सार न्युज 15 hours ago

काठमाडौंँ । सिटि होटल लिमिटेडको लकइन अवधि आगामी जेठ महिनामा सकिने भएको छ । कम्पनीको कुल २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता सेयरको लकइन अवधि जेठ ५ गते सकिने भएको हो ।

जसमा संस्थापक सेयर संख्या २ करोड ७१ लाख १८ हजार ८०० कित्ता र कर्मचारीहरुको सेयर संख्या १ लाख २० हजार ५२८ कित्ता रहेको छ ।

संचालक तथा कम्पनीको व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको हकमा नियमअनुसार सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।

Taksar News logo Taksar News

सोपान फर्मास्यूटिकल्सको आइपिओ सर्वसाधारणका लागि खुला

टक्सार न्युज 16 hours ago

काठमाडौँ । सोपान फर्मास्यूटिकल्स कम्पनीले सर्वसाधारणका लागि आज (वैशाख ३ गते बिहीबार) देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ ।

कम्पनीको जारी पूँजी एक अर्ब ७१ करोड ६० लाख रुपैयाँमध्ये २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्यको आइपिओ निष्काशन अनुमति पाएको छ।

प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ४२ लाख ९० हजार कित्ता सेयरमध्ये केही हिस्सा (यसअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर छुट्याइएको छ) छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको छ ।

कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकमा बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । त्यस्तै ४ प्रतिशत अर्थात् एक लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ ।

कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

यस आएपिओमा प्रति कित्ता १०० रूपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपिओ छिटोमा वैशाख ८ गते तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा ढिलोमा वैशाख १७ गतेसम्म खुला रहनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Explore by Source or Category