npl.977 Nepal News Stream

#सेयर बजार

Contents
Taksar News logo Taksar News

आइतबार नेप्से १९ अंकले घट्यो

टक्सार न्युज 11 hours ago

काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार नेप्सेमा स्वस्तिक लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १३ करोड ५ लाख बढिको कारोबार भएको हो ।

आजको दिन एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ।

कुल ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३ सय ३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेपाल न्युज logo नेपाल न्युज

नेप्से घटेरै साताको सुरुआत‚ साढे चार अर्बको कारोबार

नेपालन्युज 11 hours ago

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से १९.९२ अंकले घटेको छ। ०.७६ प्रतिशतले घटेको नेप्से २५९५.१० विन्दुमा अडिएको छ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १.९६ अंकले घटेर ४४८.२६ विन्दुमा रोकिएको छ। आज ३४५ कम्पनीको ७० हजार ५७६ पटकको कारोबारमा एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटे। म्युचुअल फन्डको सूचक ०.१९ प्रतिशतले बढ्यो। वाणिज्य बैंक समूहको ०.४७ प्रतिशत‚ विकास बैंक १.४२‚ फाइनान्स १.३८‚ होटेल तथा पर्यटन १.६३‚ जलविद्युत् ०.८६, लगानी ०.६३‚ जीवन बिमा १.५२, उत्पादन तथा प्रशोधन ०.१०, लघुवित्त ०.६८‚ निर्जीवन बिमा ०.८०‚ अन्य ०.४२ तथा व्यापार १.०१ प्रतिशतले घटे।

नेप्सेमा आइतबार ४३ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने सातको स्थिर रह्यो।

एसवाई प्यानल लिमिडेडको सेयर मूल्यमा ९.९९ प्रतिशतले बढ्यो। जसको अन्तिम कारोबार मूल्य ६८५ रुपैयाँ रह्यो। यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घट्यो। अर्थात् नकारात्मक सर्किट लाग्यो। सिन्धुको अन्तिम कारोबार मूल्य ७१८ रुपैयाँमा अडियो।

आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरको कारोबार भयो। आज यसको १३ करोड पाँच लाख २८ हजार ७२८ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता २९०० रुपैयाँ कायम रह्यो।

Taksar News logo Taksar News

प्रभु बैंकले लाभांश नदिने

टक्सार न्युज 14 hours ago

काठमाडौं । प्रभु बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ ।कम्पनीले गत आर्थिक वर्षको मुनाफा सञ्चित गर्ने निर्णय गरेसँगै लगानीकर्ताको हात खाली भएको छ ।

पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार पारिएको वित्तीय अवस्थाको विवरण र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

Explore by Source or Category