npl.977 Nepal News Stream

#सुरक्षा/अपराध

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

बेलायतका पूर्वराजकुमार एन्ड्रयु पक्राउ

राजधानी समाचारदाता 12 hours ago

सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा बेलायती प्रहरीले बिहीबार एन्ड्रयु माउन्टबेटन(विन्डसरलाई पक्राउ गरेको छ। यौन अपराधमा दोषी ठहरिएका अमेरिकी व्यवसायी जेफ्री एपस्टाइनसँगको सम्बन्ध र सोही क्रममा भएका सम्भावित कानूनी उल्लंघनका विषयमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

लन्डनको पश्चिमी क्षेत्र र एन्ड्रयुको पूर्व निवास हेर्ने ‘थेम्स भ्याली पुलिस’ले पूर्वराजकुमारले सन् २०१० मा एपस्टाइनलाई पठाएका भनिएका व्यापारिक प्रतिवेदनहरूको छानबिन भइरहेको जनाएको छ। एपस्टाइनको अनुसन्धानसँग सम्बन्धित लाखौँ पृष्ठका कागजातहरू सार्वजनिक भएपछि प्रहरीले यो कदम चालेको हो, जसमा माउन्टबेटन-विन्डसरको नाम पटक-पटक उल्लेख छ।

बेलायती कानूनअनुसार प्रहरीले पक्राउ परेका व्यक्तिको नाम आधिकारिक रूपमा सार्वजनिक नगरे पनि ६० वर्ष उमेर समूहका एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेको छ। माउन्टबेटन-विन्डसर हाल ६६ वर्षका छन्। थेम्स भ्याली प्रहरीले एक विज्ञप्ति जारी गर्दै प्राप्त तथ्यहरूको ‘पूर्ण मूल्यांकन’ पछि मात्र उनलाई पक्राउ गरिएको र उनीविरुद्ध औपचारिक अनुसन्धान प्रक्रिया शुरू भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “पूर्ण मूल्यांकनपछि हामीले सार्वजनिक पदमा रही दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान शुरू गरेका छौँ। हामी यस मुद्दामा रहेको व्यापक सार्वजनिक चासोलाई बुझ्छौँ र उपयुक्त समयमा थप जानकारी उपलब्ध गराउनेछौँ ।” हाल उनलाई प्रहरी हिरासतमा राखी बर्कशायर र नोर्फोकस्थित विभिन्न ठेगानाहरूमा खानतलासी तथा खोजी कार्य जारी राखिएको छ।

माउन्टबेटन(विन्डसरले एपस्टाइनसँगको आफ्नो सम्बन्ध र कुनै पनि गलत कार्यमा संलग्नतालाई बारम्बार अस्वीकार गर्दै आएका छन्। यद्यपि, यो विवादले शाही परिवारको प्रतिष्ठामा आँच पुर्‍याउन थालेपछि गत वर्ष राजा चार्ल्स तृतीयले उनलाई ‘राजकुमार’ पदवी र सबै शाही उपाधिहरूबाट वञ्चित गरेका थिए। राजसंस्थालाई विवादित खुलासाहरूबाट अलग राख्ने प्रयास स्वरूप उनलाई शाही जिम्मेवारीबाट हटाइएको हो।

अनलाइनमा सार्वजनिक भएका तस्बिरहरूमा नोर्फोकस्थित स्यान्ड्रिङ्घम इस्टेटमा रहेको उनको निवास ुवुड फार्मु बाहिर सादा पोसाकका प्रहरी र सरकारी सवारीसाधनहरू देखिएका छन्। -बीबीसी–एपीको सहयोगमा

The post बेलायतका पूर्वराजकुमार एन्ड्रयु पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

राजधानी समाचारदाता 12 hours ago

मोरङ । आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मोरङ, झापा र सुनसरी तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूबीच सम्पन्न सो बैठकले आगामी निर्वाचनका सुरक्षाका विषयमा छलफल गरेको जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा मतदान हुनुभन्दा ७२ घण्टा आगाडि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न उक्त बैठकले निर्वाचनका समयमा सम्भावित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त सीमा गस्तीलाई सशक्त बनाउनाका साथै सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पार्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू, तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोटको कारोबार, हतियार र नगद तस्करी नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख छ ।

The post नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category