npl.977 Nepal News Stream

#संघीय संसद्

Himal Press logo Himal Press

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

Kiran Poudel 14 hours ago

काठमाडौँ- संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि दिउँसो ४ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको छ। मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ।

दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम छ। प्रतिनिधिसभाअन्तर्गत १० र दुई संयुक्त समितिको निर्वाचन हुन बाँकी छ।

समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ। शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो। सदस्य तय गरिएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले वैशाख ४ गतेलाई संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्वस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति रहेका छन्।

संयुक्त समितिका रूपमा संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन्।

Explore by Source or Category