Taksar News
पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाइएको छः सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाएको बताएका छन् ।
कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सृजना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए ।
उनले यत्तिकै पाँच हजार रोजगारी नभइ कृषि, पर्यटन, भौतिक पुर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रगत विधामा योजना बनाएर रोजगारी सृजना गर्ने संकल्प लिएको बताए ।
उनले भने, “५ हजार युवाहरूका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसदमा होस् या सरकारमा होस् । यस बारेमा कार्यक्रम नै बनाएका छौँ ।”
उनले युवाहरूमा अर्को महत्वपूर्ण कुरा सीप र सृजनालाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, “कुनै युवा वा युवतीले आफूले अध्ययन गरिरहेको शिक्षा वा सीपपछि गएर काम नलाग्ने गरी हुनु भएन । उसलाई दक्ष बनाइ राख्न अध्ययन गरिरहेको सीपमा थप गतिशीलता दिनु जरूरी छ। किनकि अहिले बजार प्रतिस्पर्धाको छ ।”