npl.977 Nepal News Stream

#राजेन्द्र लिङ्देन

Himal Press logo Himal Press

प्रतिनिधिसभा निर्वाचन : झापा ३ बाट राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने

Kiran Poudel 18 hours ago

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने भएका छन्।

पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्य समितिको आज सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

यसअघि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुंगो लगाएको छैन ।

पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले यही पुस १२ गतेसम्म झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समिति समक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिए ।

Explore by Source or Category