npl.977 Nepal News Stream

#रवि लामिछाने

Contents
Himal Press logo Himal Press

प्रधानमन्त्री कार्कीलाई भेट्न रवि लामिछाने बालुवाटारमा

Keshav Rana Chhetri 4 hours ago

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन्। रास्वपाका तर्फबाट उपसभापतिद्वय डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, पूर्व सांसद, शिशिर खनाल, सोबिता गौतमलगायत सहभागी छन्।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको बताइएको छ।

लामिछाने थुनामुक्त भएपछि आज (आइतबार) मात्रै सभापतिको कार्यभार सम्हालेका थिए। त्यसलगत्तै भएको केन्द्रीय समिति बैठकपछि उनीलगायतको रास्वपाको टिम बालुवाटार पुगेको हो।

Himal Press logo Himal Press

निर्वाचन भाँड्ने षड्यन्त्र नगर्न रविको चेतावनी

Keshav Rana Chhetri 7 hours ago

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन भाँड्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन्।

आइतबार पार्टी कार्यालय वनस्थलीमा पुगेर समर्थकलाई सम्बोधन गर्दै लामिछानेले संसद् पुनर्स्थापनाका नाममा निर्वाचन भाँड्ने षड्यन्त्र गर्न खोजिएको भन्दै यस्तो षड्यन्त्र नगर्न चेतावनी दिएका हुन्।

देश कमजोर भएका बेला एकजुट भएर लाग्नुपर्ने भन्दै लामिछानेले मुलुकलाई लुछ्ने सोच कसैले पनि राख्न जरुरी नरहेको जिकिर गरे।

उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न र सुशासन कायम गर्न सरकारको साथमा रास्वपा रहेको बताए। नयाँ भनिएका शक्तिहरू एकढिक्का भएर चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ।

लामिछानेले दुई तिहाइको दम्भ राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउन फेरि संसद् ब्युँझाउने सपना नदेख्न सुुझाव समेत दिए।

Himal Press logo Himal Press

२६१ दिनपछि पार्टी कार्यालयमा रवि

Keshav Rana Chhetri 9 hours ago

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने २१६ दिनपछि पार्टी कार्यालय फर्किएका छन्। यसअघि उनी २०८१ चैत २२ गते घरबाटै पक्राउ परेका थिए।

पक्राउ पर्नुअघि उनले पार्टी कार्यालयमा सम्बोधन गरेका थिए। त्यसको भोलिपल्ट चितवनमा कार्यक्रम राखिएको थियो।

तर त्यही दिन उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

त्यसपछि थुनामा पुगेका रवि आज (आइतबार) पुन: पार्टी कार्यालय पुगेका छन्। यसअघि उनी जेनजी आन्दोलनका बेला कारागारबाट केही दिन बाहिर आए पनि उनी पार्टी कार्यालय पुगेका थिएनन्। पछि उनी आफैं नख्खु कारागार पुगेका थिए।

गत बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा सशर्त रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रुपन्देही पुगेर छुटपूर्जी लिएर थुनामुक्त भएका थिए।  शनिबार चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किएका थिए।

रविलाई धरौटीमा छाड्न उच्च अदालतले गरेका यी सर्त

Explore by Source or Category