npl.977 Nepal News Stream

#रंगीन संसार

Contents
Kendrabindu logo Kendrabindu

पाहुनालाई स्वागत गर्न तैयार ‘एक मुठ्ठी बादल’ परिवार

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडाैं । एक मुठ्ठी बादल: माई सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा पारिवारिक कथामा केन्द्रित रहेको संकेत गर्छ।

पोस्टरको केन्द्रमा आँचल शर्मा छन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन्। घरभित्र सजिएको अवस्थामा रहेका उनीहरूको लवाइले कसैलाई स्वागत गर्न पर्खेझैँ देखिन्छ। यो पोस्टरले त्यो क्षण समात्छ, जब पाहुनाहरू आउनुअघि सबैजना तयार भएर बसिरहेका हुन्छन् तर पाहुनाहरूले घरभित्र पस्दा, उनीहरूले मात्र घर होइन, घरभित्रका कुराकानी र मौनता पनि देख्छन्।

पोस्टरको अग्रभागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईं छन् भने पछाडिको भागमा सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम उभिएका छन्। उनीहरूको बसाइले तीनै जना परिवारको हिस्सा नभएको संकेत गर्छ।

त्यसैगरी भीमा मैनेली, उषा रजक, मनिष निरौला र अविरल प्रताप अधिकारी मिलेर एउटा यस्तो परिवार बनेको देखिन्छ, जहाँ उनीहरूको सम्बन्ध त नजिक छ तर भित्र धेरै कुरा नबोली राखिएका छन्।

सार्वजनिक अर्को पोस्टरमा भने निशा शर्मा, आँचल शर्मा र उषा रजकलाई मात्र स्थान दिइएको छ। यसमा पनि आँचललाई केन्द्रमा राखिएको छ र निशा शर्मा र उषा रजकका उत्सुक आँखाले आँचललाई नै हेरिरहेका छन्। यसले तीन महिला बीचको सम्बन्ध संकेत गरेको छ।

सहारा शर्मा द्वारा लिखित तथा निर्देशित यस चलचित्रका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन्। निर्माताहरूमा सारा फाजिलात, सामीप्यराज तिमल्सेना, अनुप पौडेल छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन्।

छायांकन लिन्ह डान गुयेन फान, प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरव कुमार मल्लिक, सम्पादन सल्लाहकार दीपा भाटिया, वेशभूषा जानकी कडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा, र पोस्ट-प्रोडक्सन सुपरभिजन आश्मा गौतमले सम्हालेका छन्।

गौथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह-निर्माणमा बनेको यो चलचित्र नेपालभर जेठ १ (मे १५) बाट प्रदर्शनमा आउनेछ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

Kendrabindu logo Kendrabindu

‘परालको आगो’काे ट्रेलर सार्वजनिक

इन्द्र कमल रोक्का 7 hours ago

काठमाडौं । नेपाली साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’ मा आधारित सोही नामको चलचित्रको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर सार्वजनिक गरिएको हो । निर्देशक लक्ष्मण सुनारले तयार पारेको यस चलचित्रले नेपाली समाजको यथार्थ चित्रणलाई आधुनिक सन्दर्भसँग जोड्दै प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ ।

सार्वजनिक गरिएको ट्रेलरले कथावस्तुको स्पष्ट झलक दिन्छ। फिल्म दुई भिन्न सामाजिक अवस्थाका दुई दम्पतीको जीवनकथामा केन्द्रित छ। एकातिर सम्पन्न परिवारका पति–पत्नी छन्, जसको जीवन भौतिक रूपमा सम्पन्न भए पनि आपसी सम्बन्धमा निरन्तर द्वन्द्व र अशान्ति छ । अर्कोतर्फ आर्थिक रूपमा कमजोर तर प्रेम, सम्मान र समझदारीले भरिएको सुखी दम्पतीको कथा छ । यही विरोधाभासमार्फत फिल्मले वास्तविक खुशी धनमा नभई सम्बन्धको गुणस्तरमा निर्भर हुने सन्देश दिन खोजेको छ ।

चलचित्रमा लोकप्रिय गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापा ले सम्पन्न तर असन्तुष्ट दम्पतीको भूमिका निर्वाह गरेका छन्। उनीहरूको अभिनयले आधुनिक दाम्पत्य जीवनका जटिलता र भावनात्मक द्वन्द्वलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यस्तै, चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री सिर्जना अधिकारी ले गरिब तर सन्तुष्ट दम्पतीको भूमिका निभाएका छन् ।

ग्रामीण परिवेशमा छायांकन गरिएको फिल्मले दर्शकलाई पुरानो नेपाली समाजको परिवेशमा लैजान्छ। मैनालीले दशकौं अघि लेखेको कथा भए पनि त्यसले उठाएका सामाजिक विषय आज पनि उत्तिकै सान्दर्भिक रहेको देखिन्छ। बदलिँदो समयसँगै पनि पारिवारिक सम्बन्धका आधारभूत मूल्यहरू उस्तै रहेको सन्देश फिल्मले दिन खोजेको छ ।

निर्देशक लक्ष्मण सुनारले फिल्मप्रति आफू निकै उत्साहित रहेको बताए । उनका अनुसार, ‘परालको आगो’ले दर्शकलाई भावनात्मक रूपमा जोड्ने मात्र होइन, समाजलाई सकारात्मक सन्देश पनि दिनेछ ।

त्यस्तै, अभिनेता सौगात मल्लले यो फिल्मले दर्शकको विश्वासलाई कायम राख्ने विश्वास व्यक्त गरे। प्रकाश सपुत र सुहाना थापाले पनि फिल्मले दाम्पत्य सम्बन्ध र सामाजिक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको बताए। हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् । ‘परालको आगो’ आगामी वैशाख ११ गते अर्थात् अप्रिल २४ मा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

Kendrabindu logo Kendrabindu

‘मालती मंगले’ हेर्न दर्शकको व्यग्र उत्साह, मेक्समको कमेडी र रामकृष्णको गायनले ततायो भक्तपुर

इन्द्र कमल रोक्का 11 hours ago

काठमाडौं । रिलिजको नजिक पुगेको चलचित्र ‘मालती मंगले’ले आफ्नो औपचारिक प्रचारप्रसार अभियान सुरु गरेको छ। प्रचारप्रसारको थालनी स्वरूप नयाँ वर्षको अवसर पारेर भक्तपुरमा आयोजित एक भव्य महोत्सवमा चलचित्र युनिट पुगेको थियो, जहाँ हजारौँ दर्शकले चलचित्रप्रति व्यग्र उत्सुकता र समर्थन जनाएका छन्।

उक्त महोत्सवमा गायक तथा चलचित्रका निर्माता रामकृष्ण ढकाल, चर्चित कमेडियन एवं यसै चलचित्रका कलाकार मेक्सम गौडेल, गायिका ऋतिका श्रेष्ठ र कार्यकारी निर्माता सागर ज्ञवाली सहभागी थिए। कार्यक्रममा गायक ढकाल र गायिका श्रेष्ठले चलचित्रको हिट गीत ‘ढुंगामाथी लेउ’ को बेजोड सांगीतिक प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।

त्यस्तै, कलाकार गौडेलले आफ्नो परिचित कमेडी शैलीमा चलचित्रको प्रचार गर्दै माहोल तताएका थिए भने सोही अवसरमा चलचित्रको टिजर समेत प्रदर्शन गरिएको थियो। विविध कार्यव्यस्तताका कारण प्रमुख दुई कलाकारहरू विजय बराल र वर्षा राउत भने उक्त कार्यक्रममा उपस्थित हुन सकेनन्। यद्यपि, चलचित्रले तय गरेका आगामी देशव्यापी प्रचारप्रसारका कार्यक्रमहरुमा भने बराल र राउत दुवैको उपस्थिति रहने निर्माण पक्षले जनाएको छ।

प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ। दर्शकमाझ चलचित्रका दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन्।

यस चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताको रूपमा रहेका छन्।

चलचित्रको प्राविधिक पक्ष पनि निकै बलियो छ। यसमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको चलचित्रका गीतहरूको भिडियो कोरियोग्राफी रोशन बिकले गरेका हुन्। बहुप्रतिक्षित यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।

Kendrabindu logo Kendrabindu

कमेडी दरबार तेस्रो सिजनको सुटिङ सुरु, प्रसारण वैशाख ४ बाट

इन्द्र कमल रोक्का 11 hours ago

काठमाडौं । हास्य टेलिभिजन शो कमेडी दरबारको तेस्रो सिजनको सुटिङ सुरु भएको छ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले सुटिङ सुरु गरेको हो भने प्रसारण यहि वैशाख ४ गतेबाट हुने बताइएको छ ।

सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई भागको सुटिङ सम्पन्न गरिएको छ । जसमा दुई चलचित्रको टिमको उपस्थिती थियो । पहिलो भागको रुपमा मितज्यू चलचित्रको टिमबाट दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल, तेरिया मगर पाहुनाको उपस्थित थिए भने दोस्रो भागको रुपमा पहाड चलचित्रको टिमको उपस्थिती थियो ।

पहिलो र दोस्रो सिजनलाई दर्शकले दिएको साथका कारण निर्माण टिमले तेस्रो सिजनमा केहि परिवर्तन गरेको छ । यसपटक सेटमा केहि परिवर्तन देख्न पाइनेछ । साथै जज् प्यानलमा यसअघि दुईजना (महाराजा र महारानी) रहेका थिए भने अहिले थप एकजना रानीको रुपमा भित्राइएको छ । रानीको भूमिकामा अभिनेत्री दिया मास्के भित्रिएकी छिन् ।

महारानीको रुपमा गौरी मल्ल र महाराजाको रुपमा मनोज गजुरेल यथावत रहेका छन् । यस्तै तीन कमेडियनहरु पनि भित्रिएका छन् । कमेडियन दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बाको पनि प्रवेश भएको छ । यसपटक कमेडी दरबार तेस्रो सिजनमा डाबर रेडपेस्ट शिर्ष प्रायोजकको रुपमा रहेको छ ।

कमेडी दरबार प्रत्येक शुक्रबार राती प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युवमार्फत प्रसारण हुनेछ । कमेडी दरबारलाई श्रृद्धा प्रसाईं र बिक्की अगरवालले निर्देशन गर्दै आएका छन् भने होस्टमा बिक्कीसँगै सजिना खनाल रहेकी छिन् । यस्तै कमेडी दरबारको लेखनमा सरोज भण्डारी र बिकाश अर्याल रहेका छन् । साथै यसअघिका कमेडियन कलाकारहरू सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्याल यथावत रहेका छन् ।

Kendrabindu logo Kendrabindu

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने

इन्द्र कमल रोक्का 11 hours ago

काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ ।

यस चलचित्रको निर्माण पक्षले सिनेमाका मुख्य पात्रहरुको झलक सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान तय गरेको हो । चलचित्रको ‘वर्ल्ड प्रिमियर’ सन् २०२६ मे ६ तारिख, बुधबारका दिन जापानको ओसाका सहरमा हुनेछ । ओसाकास्थित ‘मिनातो कुमिन सेन्टर’मा बेलुका ५:३० बजेदेखि ९:३० बजेसम्म विशेष प्रदर्शनी आयोजना गरिने पोस्टरमा उल्लेख छ । यो प्रिमियरलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारको एक महत्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमिमा भलिबलको नेट, कोर्ट र खेलाडीहरू देखाइएको छ, जसले यो चलचित्र खेलकुद (विशेष गरी महिला भलिबल) र संघर्षको कथामा आधारित रहेको प्रष्ट पार्छ । साथै, हिमाली भूगोल र त्यहाँको जनजीवनलाई पनि पोस्टरमा समेटिएको छ ।

पोस्टरमा अभिनेत्री सुरक्षा पन्त खेल पोसाकमा ‘नेपाल’ लेखिएको जर्सी लगाएर हातमा ट्रफी उचाल्दै विजयको उत्सव मनाइरहेको अवस्थामा देखिन्छिन् । यसले चलचित्रमा उनको एउटा संघर्षपूर्ण र प्रेरणादायी खेल यात्रा रहेको संकेत गर्छ । अर्की अभिनेत्री रोशनी कार्की साधारण र हँसिलो लुक्समा छिन् ।

त्यस्तै, पछिल्लो समयका चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु जर्सी लगाएर एक गम्भीर चरित्रमा देखिएका छन् । उनको लुक्सले उनी चलचित्रमा कुनै जिम्मेवार खेलाडी वा भूमिकामा रहेको दर्शाउँछ । दिग्गज अभिनेता प्रकाश घिमिरे ढाका टोपीमा एक अभिभावक वा मार्गदर्शकको रूपमा देखिएका छन् भने लक्ष्मीनाथ तिमलसिना रातो ट्रयाकसिटमा खेल प्रशिक्षक वा टिम लिडरको हाउभाउमा प्रस्तुत छन् ।

‘बुकी’ हिमाली क्षेत्रका पाटनहरूमा वर्षाको समयमा फुल्ने एक विशेष फूल हो । निर्माण पक्षका अनुसार यो चलचित्रले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्धको कथा भन्नेछ । चलचित्रको छायांकन काठमाडौं, पोखरा र बागलुङको रमणीय ढोरपाटन क्षेत्रमा गरिएको छ ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, निशा बजगाईं, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को-प्रोडुसरका रूपमा रहेका छन् ।

चलचित्रमा आशुका अर्याल एशोसिएट डिरेक्टर, आचार्य गोपाल चिफ असिस्टेन्ट डिरेक्टर, सहायक निर्देशकमा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी छन् ।
विकास गन्दर्भको डिओपी रहेको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

श्याम मल्लको श्रृंगार र थम्मन थापाको प्रोडक्सन हेडिङ रहेको यस चलचित्रको पब्लिसिटी डिजाइन राकेश दाहालले गरेका छन् । हालसम्म प्रदर्शनको आधिकारिक मिति तय नगरिए पनि निर्माण पक्षले सन् २०२६ भित्र चलचित्रलाई देशभरका हलमा रिलिज गर्ने लक्ष्य लिएको छ ।

Explore by Source or Category