npl.977 Nepal News Stream

#रंगीन संसार

Contents
Kendrabindu logo Kendrabindu

डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति, संसारभरका दर्शकले लाइभ हेर्न सक्ने

इन्द्र कमल रोक्का 2 hours ago

काठमडौं । अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जनाहरू प्रस्तुत हुने भएका छन् ।

विगत २० वर्ष पहिले सुरु भएको पलेँटी कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन् ।

डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा अभिज्ञा घिमिरे रहने भएकी छिन् । अभिज्ञा घिमिरे विगत एक वर्षदेखि पलेँटीसँग संगत गर्दै आएकी नयाँ पुस्ताकी कण्ठ-शिल्पी हुन् ।

यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको छ । आभास आफै गीत लेखनमा क्रियाशील कलाकार हुन् । तर उनले अन्य गीतकारका रचनामा पनि धुन भर्ने गरेका छन् । साथै अन्य संगीतकारका धुनलाई स्वर दिनेसमेत गरेका छन् ।

नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र गाएका गरेर झन्डै एक दर्जन रचनाकारका शब्द र धुनहरू समेटिएका छन् । त्यसैले यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको हो ।

यो पलेँटीका निम्ति आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेटेका छन् । उनले तयार पारेको सूचीमा संगीतकारहरु अम्बर गुरुङ, भीमबिराग र चन्द्र भण्डारी; गीतकारहरु कालीप्रसाद रिजाल, मञ्जुल, वूँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचनाहरू रहेका छन् ।

पलेँटीमा प्रस्तुत गर्नका निम्ति आभासले सीमापारिका नेपाली भाषी सर्जकका गीतलाईसमेत समेटेर अभ्यास गरिरहेका छन् । जसमा दार्जिलिङका पुराना गीतकार नरदेन रुम्बा र कवि सञ्जय बान्तावाका गीतहरू पनि रहेका छन् ।

आभास भन्छन्- ‘गीत, संगीत जीवन्त कला हो । यसले हरदम सर्जकहरूको संगत र सहकार्यको खोजी गरिरहेको हुन्छ । हामीले सञ्चालन गर्दै आएको पलेँटी त्यही खोजको एउटा पाटो हो । यसपालिको पलेँटी पनि त्यही खोजको निरन्तरता हो ।’ उनी थप्छन्- ‘संगीतमा सर्जकको मात्र होइन श्रोता र दर्शकको संगत र सहकार्यको पनि आवश्यकता हुन्छ । मलाई विश्वास छ सधैँ झैँ यसपालि पनि पलेँटीका श्रोता र दर्शकबाट न्यानो संगत पाउने नै छौं ।’

सन् २००५ को जनवरी महिनादेखि आरम्भ भएको पलेँटीले यही महिनाबाट आफ्नो २० औँ वर्ष पूरा गर्दैछ । आउँदो २०२६ मा पनि पलेँटी निरन्तर रहने कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ ।

यो महिनाको पलेँटी कार्यक्रम डिसेम्बर २६ तारिख शुक्रबार र २७ तारिख शनिबार कालिकास्थान स्थित नेपालयको ‘आर’शालामा आयोजना हुनेछ । टिकट लगायत यस कार्यक्रमको सम्पूर्ण जानकारी www.paleti.com.np मा उपलब्ध छ ।

पलेँटीलाई आर शालामा आएर प्रत्यक्ष अनुभव गर्न असमर्थ संसारभरका संगीत प्रेमीलाई घरमै बसेर फोन वा टिभीमा प्रत्यक्ष अनुभव गर्न, पलेँटीलाई लाइभ हेर्ने व्यवस्थ पनि गरिएको छ । पलेँटीकै वेब साइट मार्फत पे पर भ्यु को अवधारणा अनुरुप यो सेवा प्रयोग गर्न सकिन्छ ।

Kendrabindu logo Kendrabindu

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडाैं । गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक गरेको छ । हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो ।

यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यो गीतले सिनेमाप्रति दर्शकको आकर्षण उर्त्कषमा पुर्‍याउने विश्वास निर्माण टिमको छ ।

शुक्रबार सिनेमा रिलिज भएसँगै सिनेमाका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकारहरु गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल, लेखक गणेश कार्की काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइसकेका छन् । दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै नेपालको हालको अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेका प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको सिनेमालाई हालसम्म युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेनजी नेता सुदन गरुङ लगायतले समेत यो सिनेमा हेरिसकेका छन् । उनीहरु सवैले यो सिनेमा साँच्चिकै राम्रो बनेको भन्दै हरेक नेपालीले हेर्नै पर्ने बताएका थिए । जसले हालको नेपालको अवस्थालाई सन्देश मुलक ढंगले प्रस्तुत गरेकाले पनि हरेक दर्शकको रोजाइको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ बन्ने बुझाई थियो ।

यो सिनेमाबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । उनका कारण अघिल्लो पुस्ताका दर्शकलाई सिनेमाप्रति आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।

नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ ।

सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।

Kendrabindu logo Kendrabindu

५१औं दिनमा पनि ‘परान’ ३० हलमा प्रदर्शन, अनाथ र असहायलाई न्यानो कपडा वितरण

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौं । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्‍यो ।

चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा बितरण गरियो । साथै निर्माता आचार्यले आगामी साता अर्को एक बिशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केहि बिशेष घोषण पनि गरिने बताएका छन् ।

पवित्र समाजसेवा नेपाल आश्रमकी सन्चालिका दिक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन् । उनले केहिसाता अघि आफ्ना आश्रममा आश्रित बालबालिकाहरुलाई परान चलचित्र देखाएकी थिइन् । चापागाईंले छोराछोरी र आमाबुबा प्रतिको प्रेमलाई चलचित्रले निकै मिठो ढंगबाट प्रस्तुत गरेकाले पनि उनले परान फिल्म देखाएकी बताएकी थिइन् । चलचित्रका निर्देशक दिपक प्रसाद आचार्य ५१ दिनसम्म पनि परानलाई दर्शकले दिएको माया देख्दा दंग छन् । उनले यो मायाले आफूलाई थप जिम्मेवारी बनाएको बताएका थिए ।

परानमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ ।

कुन-कुन हलमा छ परान ?

परान अझै पनि देशभरका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ । शनिबार ३० बढी शो दिइएको परानले आइतबार केहि कम हल पाएको छ । यद्यपी कतिपय हलमा अहिलेपनि हाउसफुलका साथ परान प्रदर्शन भइरहेको छ । शनिबार ललितपुरको लबिम मलमा रहेको सिनेमा हल हाउसफुल रह्यो । साथै पश्चिमका केहि हलमा पनि दर्शकको राम्रो उपस्थिती थियो । उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँबसपार्क, नयाँ बानेश्वरमा रहेका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ । यस्तै मोफसलमा नेपालगन्ज, दाङ, बुटवल, चितवन, इटहरी जस्ता शहरहरुमा पनि दर्शकको संख्या राम्रो देखिन्छ ।

चलचित्रका निर्माता रन्जित आचार्यले परानले ५१ दिन पुरा गर्दा १८ करोड रुपैंया ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् । यो सँगै परानले नेपाली चलचित्रको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेते बनेको छ ।

Kendrabindu logo Kendrabindu

मुम्बईमा ‘तेरे इश्क में’ को सफलता पार्टी

इन्द्र कमल रोक्का 7 hours ago

मुम्बई । मुम्बईमा फिल्म ‘तेरे इश्क में’ को सफलताको अवसरमा पार्टी आयोजना गरिएको छ । शनिबार भारतीय फिल्म उद्योगका चर्चित सेलिब्रेटीहरूको बाक्लो उपस्थितिमा पार्टी आयोजना गरिएको हो ।

अभिनेता धनुष र अभिनेत्री कृति सेनन, फिल्म निर्माता आनन्द एल राय, निर्माता भूषण कुमार, निर्देशक ओम राउत, गीतकार इर्शाद कामिललगायत फिल्म उद्योगका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए ।

कार्यक्रममा अभिनेत्री कृति सेनन सुरुचिपूर्ण कालो पोशाकमा उपस्थित भइन् । उनको स्टाइलिश र आकर्षक उपस्थितिले सबैको ध्यान खिच्यो ।

फिल्ममा मुख्य भूमिका निर्वाह गरेका अभिनेता धनुषले पनि कार्यक्रममा उपस्थिति जनाउँदै सहकर्मी कलाकार तथा फिल्मकर्मीहरूबाट प्रशंसा पाए ।

फिल्म निर्माता आनन्द एल राय र निर्माता भूषण कुमारले ‘तेरे इश्क में’ ले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाप्रति खुशी व्यक्त गर्दै सम्पूर्ण टिमको मेहनत सफल भएको बताए ।

अन्य धेरै सदस्यहरूले पनि कार्यक्रममा सहभागी भई टिमलाई बधाई दिएपछि कार्यक्रम ‘स्टार–स्टडेड अफेयर’ मा परिणत भएको थियो । ‘तेरे इश्क में’ को सफलता पार्टी फिल्म टोलीका लागि मात्र होइन, ग्ल्यामर, उत्सव र सिनेमाई सफलताको उत्सवका रूपमा पनि एक अविस्मरणीय साँझ बनेको छ । -एएनआई

Explore by Source or Category