आर्मीको फुटबल र भलिबल टोलीलाई जोमाको प्रायोजन
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको भलिबल र फुटबल टोलीलाई स्पेनिस कम्पनी जोमा स्पोर्टसले प्रायोजन गरेको छ।
जोमा स्पोर्टसको नेपालको आधिकारिक सप्लायर्स गर्जियस इन्टरनेशनल प्रा.लि.र आर्मी क्लबबीच हालै प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।
जङ्गी अड्डामा भएको सम्झौता अनुसार गर्जियसले
आर्मी क्लबको फुटबल र भलिबल टोलीलाई २ वर्षसम्म आवश्यक पर्ने खेल सामग्री तथा पोसाक उपलब्ध गराउने छ ।

सैनिक तालिम महानिर्देशक उपरथी प्रेम बहादुर पुनको उपस्थितिमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी मदन जंग राणा रगर्जियसकस प्रबन्ध निर्देशक विश्वास थोकरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
The post आर्मीको फुटबल र भलिबल टोलीलाई जोमाको प्रायोजन first appeared on हाम्रो खेलकुद.