npl.977 Nepal News Stream

#प्रधानमन्त्री कार्यालय

Himal Press logo Himal Press

एक दिनभित्रै गाडीको विवरण पठाउन सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

Kiran Poudel 10 hours ago

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई गाडीको विवरण पठाउन निर्देशन दिएको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन शाखाका शाखा अधिकृत आनन्दराम श्रेष्ठले पठाएको पत्रमा दुईपांग्रे र चारपांग्रे गाडीको विवरण पठाउन भनिएको छ। यसबारे बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णय भएको थियो।

सबै मन्त्रालयलाई पठाइएको पत्रमा मन्त्रालय र मातहतका विभाग तथा कार्यालयले प्रयोग गरिररहेका तथा मर्मत कार्य भइरहेका गाडीको विवरण पठाउन भनिएको छ। सबै मन्त्रालयलाई बिहीबार कार्यालय समयभित्र पठाउन समय दिइएको छ।

 

Explore by Source or Category