npl.977 Nepal News Stream

#प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता

Himal Press logo Himal Press

जय ट्रफीको आगामी संस्करण पुगे यी ६ टोली

Kiran Poudel 10 hours ago

काठमाडौँ- जय ट्रफीको आगामी संस्करण खेल्ने ६ वटै टोलीको टुंगो लागेको छ। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरण पूरा भएसँगै जय ट्रफी खेल्ने ६ वटै टिमको टुंगो लागेको हो।

जय ट्रफीमा प्रधानमन्त्री कपका शीर्ष ६ टिम छनोट हुने प्रावधान छ। क्यानले गत चैत्र २६ गते प्रतियोगिताका चार शीर्ष टिम छनोट हुने प्रावधान परिमार्जित गर्दै ६ टिमसम्म पु¥याएको थियो।

जय ट्रफी खेल्ने टिमहरूमा शीर्ष ६ का विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश छन्।

समूह चरणमा आर्मी १७ अंकका साथ शीर्ष स्थानमा रह्यो। सुदूरपश्चिम १२ अंकका साथ दोस्रो स्थानमा रह्यो। तेस्रो स्थानको एपीएफले ११ अंक बनाएको थियो। समान अंक जोडे पनि रन रेटले पछि पर्दा मधेस चौथो स्थानमा सीमित भयो। पुलिस र लुम्बिनीले समान नौ अंक बनाए पनि रट रेटका आधारमा पाँचौँ र छैटौँ स्थानमा चित्त बुझाए।

 

Explore by Source or Category